गमक पोष्ट समाचारदाता / सिरहा, १६ असोज । धनगढीमाई नगरपालिकाले विश्व शिक्षा दिवसको अवसर पारेर नगरक्षेत्रका सेवा निवृत शिक्षकहरुलाई सम्मन गरेका छन् । २७ औं विश्व शिक्षक दिवसको अवसर पारेर आयोजना गरेको ‘नगर शैक्षिक अवस्थाः हाम्रो दायित्व’ विषयक अन्तक्र्रियामा नगरप्रमुख हरिनारायण चौधरीले नगर क्षेत्रका ३८ जना सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरेका हुन् ।
दिवसको अवसरमा आयोजित अन्तक्र्रियालाई सम्बोधन गर्दैै नगरप्रमुख चौधरीले निवृत्त शिक्षकहरुबाट शैक्षिक गुणस्तर सुधारको लागि आएको सल्लाह सुझाव सराहनीय रहेको बताए ।
नगर भित्र रहेका शैक्षिक क्षेत्र सुधारात्मक दिशामा अघि बढिरहेकोले निवृत्त शिक्षकको भन्दै अगामी दिनमा अझै सल्लाह सुझावको खाँचो रहेको नगर प्रमुख चौधरीले उल्लेख गरे ।
नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखादारा आयोजित अन्तक्र्रियामा नगरका सबै विद्यालयका शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो । नगरपालिकाले वर्षेनी कुनै न कुनै रुपबाट विश्व शिक्षक दिवस मनाउँदै आएको नगर प्रवक्ता प्रकाश योञ्जनले जानकारी दिए ।