गमक पोष्ट समाचारदाता / वीरगञ्ज, १५ असोज । सानो पाइला नेपाल नामक गैरसाररी संस्थाले मास्क अभियानमा ऐक्यबद्धता जनाउँदै १ लाख मास्कवितरण गर्ने घोषणा गरेको छ ।
विरगञ्जको घण्टाघरमा शुक्रवार एक कार्यक्रमका बिच सानो पाईलाले प्रदेश नम्बर २ का ८ वटै जिल्ला सदरमुकामसहित अन्य स्थानमा १ लाख मास्कवितरण गर्ने घोषणा गरेको हो ।
कार्यक्रमलाई सम्बोधनगर्दै जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले मास्क अभियानलाई निरन्तरता दिनुपर्ने बताए । सर्वसाधारण नागरिकहरुले मास्क लगाउन बिर्सिसकेको अवस्थामा खबरदारी गराउनुका साथै सचेतना फैलाउनुपर्ने सहायक प्रजिअ पौडेलको भनाई छ ।
त्यसैगरी, जिल्लाप्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले आफु र अरुको सुरक्षाकालागि मास्क अनिवार्य लगाउनुपर्ने बताए । प्रहरी उपरीक्षक पाण्डेले भने, ‘अहिले हामी सबैले मास्क लगाउन बिर्सिसकेका छौँ । यसले लापरवाही बढेको स्पष्ट हुन्छ ।’
नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, पत्रकार महासंघ प्रदेश नम्बर २ का महासचिब श्याम बन्जारा लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
सानो पाइलाका सभापति सुदिप लामाको अध्यक्षतामा भएको कार्यक्रमको बारेमा प्रकाशपार्दै संस्थाका संस्थापक कञ्चन झाले सानो पाइलाले नेपाल मास्क अभियानलाई सफलपार्नका लागि आफूहरु लागिपरेको बताए ।
ऋाम नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट सुरक्षित राख्नकालागि जनचेतना जगाउने अभिप्रायले निःशूल्क रुपमा मास्कवितरण गरिएको झाको भनाई छ ।
कार्यक्रमकै विच घण्टाघरमा एक हजार मोटरसाइकल चालक, सवारी चालक, पैदल यात्रु लाई मास्क प्रदान गरिएको थियो ।
कार्यक्रममा सानो पाईलाकी सचिव डा. सुष्मा तिवारी द्विवेदी, सञ्चारकर्मी सूर्यनारायण वि.क., संस्थाका पदाधिकारी, राजनीतिकर्मी लगायतको उपस्थिती रहेको थियो ।