गमक पोष्ट समाचारदाता
सिरहा, १५ असोज । शहिद दानी थापा, पञ्चालाल थापाको स्मृतिमा गोलबजार नगरपालिकाद्वारा आयोजित ‘तेस्रो उप–मेयर राष्ट्रिय कराँते प्रतियोगिता आजबाट सुरु भएको छ ।
गोलबजार नगरपालिका ३ जमदहस्थित सरस्वती मा.वि. परिसरमा आयोजित स्मृति कराँटे प्रतियोगिताको उद्घाटन गर्दै प्रदश सासंद तथा पूर्व मन्त्री रामकुमार यादवले अवको चुनावमा केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेको अवस्था दैनिय हुने बताए । उनले जनताले दिएको दुई तिहाईको सरकारलाई जोगाउन नसकेको भन्दै अव उनलाई जनताले नपत्याउने जिकिर गरे ।
उनले ओलीलाई एकपटक जनताले विश्वास गरेकै हो भन्दै विश्वास घातीलाई जनताले पहिचान गरिसकेको बताए ।
गोलबजार नगरपालिकाका उपमेयर रेशम कुमारी थापाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा मेयर देवनाथ साह, लेखक तथा संघिय समाजवादी, नेपालका नेता रामरिझन यादव लगाएतले दानी पञ्चु थापाका योगदानका बारेमा चर्चा गरे ।
प्रतियोगितामा २ सय १० जना सहभागी
कराँतो प्रतियोगितामा देश भरबाट १० समूहका २ सय १० जना प्रतियोगिहरुको सहभागी रहेको आयोजकले जनाएको छ । दुई दिन सम्म चल्ने कराँते खेलमा प्रदेश १ बाट विराटनगर महानगरपालिका, धरान उपमहा नगरपालिका, कटारी नगरपालिका, प्रदेश नम्वर २, धनुषाधाम नगरपालिका, बागमती प्रदेशबाट कमलामाई नगरपालिका सिन्धुली, गण्डकी प्रदेश, लुम्विनी पैदेश, कर्णाली प्रदेश र आयोजक सहित १० समूहको सहभागीता रहेको गोलबजार नगर खेलकुद विकास अधिकृत कसम लामाले जानकारी दिए ।
प्रतियोगितामा पुरुष तर्फ २५ देखि माईनस ७५ र महिला तर्फ ३० देखि पल्स ६८ केजी समूहका खेलाडीहरु रहेको बताइएको छ ।
२१ स्वर्ण, २१ रजत र ४२ कास्यपदकको लागि भिडन्त हुने खेलमा प्रथमहुने समुहकालागि ५० हजार, दोस्रो हुनेले २५ हजार र तेस्रो हुने समूहले १५ हजार नगद पुस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
त्यसैगरी, प्रतियोगितामा उत्कृष्ट एक–एक जना महिला र पुरुष खेलाडिलाई १०÷१० हजार र उदियमान एक महिला र एक पुरुष खेलाडिलाई १५ हजारका दरले नगद पुरस्कार दिने आयोजकले बताए ।