गमक पोष्ट समाचारदाता / सप्तरी १२, असोज । सप्तरीको सुरुङ्गा नगरपालिका विभिन्न वडाहरुमा रहेका स्याहारकर्ता समुहका २ सय ३ जना आमाहरुलाई सुरक्षित सिकाई बतावरण निर्माणका लागि सिम कार्ड सहित मोवाईल प्रदान गरेको छ ।
सेभ द चिल्ड्रेनको सहयोग तथा सबल नेपालको आयोजनामा सुरुङ्ग नगरपालिकाको ७ र ८ वडामा आयोजित घरमा सुरक्षित बतावरणका लागि स्याहारकर्ता, अभिभावक र समुदायलाई क्षमता विकास लाई सहयोग पुर्याउने उदेश्यका साथ ३ दिने अभिमुखिकरण गरी आई भि आर सेसनमा भाग लिन सिम सहितको मोवाईल प्रदान गरिएको हो ।
कोरोना माहामारीको समयमा हजारौ बालवालिकाहरुको शैक्षिक गतिविधीहरुमा गम्भिर प्रभाव परिरहेकोले खेलकुद र शैक्षिक सामग्रीहरु सहित घर– घरमा मिनी पुस्तकालय स्थापना समेत गराएका छन ।
वालवालिकाहरुलाई अध्ययन गर्न विभिन्न प्रकारका खेलकुद तथा शैक्षिक सामग्रीहरु वितरण गरे लगतै उक्त सामग्रीहरु बालमैत्री बतावरणमा प्रयोग गर्न र गराउनका लागि आमाहरुलाई क्षमता विकास तालिम दिएर दैनिक दुई पटक सिकाई र संरक्षण सम्बन्धी एक्ब्÷क्ष्ख्भ्÷ख्यष्अभ ःबककभनभ, त्ष्उक हरु सुन्नका लागि उक्त मोवाईल वितरण गरेको सुरुङ्गा नगरपालिकाका सामाजिक विकास समिति संयोजक रहनु भएका वडा अध्यक्ष देवेन्द्र प्रसाद चौधरीले जानकारी गराउन भएको छ ।
सुरुङ्गा नगरपालिकाको समन्वय र सेभ द चिल्ड्रेनको साझेदारीमा सबल नेपाल राजविराज सप्तरी द्वारा संचालित घरमा सुरक्षित र सिकाई कार्यक्रम अन्तर्गत सबल नेपाल सप्तरीले शैक्षिक सामग्रीहरु सहयोग गरी उक्त सामग्रीहरु बालमैत्री बतावरणमा प्रयोग गर्न गराउन क्षमता विकास तालिम दिईएको परियोजना अधिकृत राधेश्याम रामले जानकारी गराउनु भएको छ ।
विगत दुई बर्ष देखी विश्वव्यापी रुपमा फैलिरहेको कोरोना माहामारीका कारण विशेष गरी शिक्षा क्षेत्र धारासायी बन्दै गईरहेको अवस्थामा ३ बर्ष देखी माथी र ५ बर्ष मुनीका बालवालिकाहरुलाई लक्षित गरी उनिहरुको घरघरमै मिनि पुस्तकालय स्थापना गरीएको छ र सुरक्षित रुपमा घरमै अध्ययन गर्नका लागि आमाहरुको भुमिका संजिवनी वुटी हुनेभएकोले उक्त तालिम संचालन गरेको जनाईएको छ ।
सबल नेपालका समुन्नति कार्यक्रमका परियोजना संयोजक नन्दकिशोर चौधरीका अनुसार दुवै सुरुङ्गा नगरपालिका वडा नम्वर – ७ र ८ का २ सय ३ जना अभिभावक र स्याहारकर्ता आमाहरु संरक्षण र सिकाई संग सम्बन्धित बिषयमा अन्तरक्रृयात्मक सेसनमा प्रत्येक हप्ताको १ पटक अनिवार्य रुपमा भाग लिनेगरेको र समय समयमा क्षमता विकास सम्बन्धी तालिम दिएर फराकिलो सोच भएका सक्षम बालवालिकाहरु निर्माण हुने बताउँनु भएको छ ।