क्याप्सन ः मैनाबती खोलामा कल्सा भरेर जात्रास्थलतर्फ जाँदै महिलाहरु ।

गमक पोष्ट समाचारदाता / असोज, ११ सिरहा । जितमाहान मेलाको अवसर पारेर सिरहाको गोलबजार नगरपालिका ८ पुरानो चौक चोहर्वामा आज कलस जात्रा गरिएको छ । जितमाहान मेलाको पहिलोदिन आज एक सय २५जना महिलाह कलस जात्रामा सहभागी भएका छन् ।
महिलाहरुले चोहर्वा बजार देखि १ किलो मिटर पूर्व मैनाबती खोलामा कल्सा भरेर जात्रास्थलसम्म पुर्याएको मेला समितीका अध्यक्ष शिव यादबले जान्कारी दिए ।
आजबाट सुरुभएको पुजामा सास्कृतिक क्रायक्रमको आयोजना गरिएको मेला समितिका सचिव सरोज राय (बब्लु) ले जाकारी दिए ।
जितमाहनको पूजा गर्दा विशेष गरि श्रीमान र छोराको आयुको लामो हुने जनविश्वास रहेको छ ।