गमक पोष्ट समाचारदाता / जनकपुर, १० असोज । जनकपुरको पिडारी चौकमा टिफरको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु भएपछि स्थानीयले टिफरमै आगलागी गरेका छन् । ना. ७ ख. ४७४१ नम्बरको टिपरको ठक्करबाट भारतीय नागरिक अन्दाजी ४५ वर्षीय आनन्द किशोर दास घटनास्थलमै मृत्यू भएपछि स्थानीइले टिफरमा आगजानी गरेको हो ।
प्रहरीका दासको घटनास्थलमै मृत्यू भएपछि आक्रोसित स्थानीयले उक्त टिपरमा आगजनी गरेको बताइएको छ ।
आगजनीबाट टिफर क्षतिग्रस्त बनेको छ । घटनापछि पिडारी चोकमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । स्थानीयले ठक्कर दिनेलाई कडा कारबाहीको माग गरेका छन् ।
चौबाटोमा गलत बाटोबाट हिडेका दासलाई टिपरले ठकर दिंदा उनको घटनास्थलमै मृत्यू भएको धनुषाका प्रहरी प्रमुख एसपी प्रकाश रानाभाटले जानकारी दिए । टिपर चालकलाई नियन्त्रणमा लिइसकेको जनएको छ ।