गमक पोष्ट समाचारदाता
सिरहा, १० असोज । सिरहाको मिर्चैया नगरपालिका ११ सीतापुरमा सनसाईज युथ सिरहा सञ्जालले महिनावारी सरसफाई सम्वन्धि जनचेतना तथा सेनेटरी प्याड वितरण गरेको छ । सञ्चालको पहिलो बार्षिक उत्सबको अवसरमा ‘मानव सेवा’ को उद्देश्य सहित किशोरीहरुलाई महिनवारीको बेला सरसफाईको महत्वको विषयमा जानकारी गराउँदै सेनेटरी प्याड प्रदान गरेको हो ।
उपस्थित बालिकाहरुलाई कपि, कलम समेत वितरण गरेको सन्जालका अध्यक्ष शोभा साहले जान्कारी दिए । कार्यक्रममा मिर्चैया नगरपालिका–११ सितापुरका दलित समुदायका महिला तथा १० बर्ष माथीका बालिकाहरुको सहभागिता रहेको थियो ।
महिनावारी महिलाहरुको नियमित प्रकृया भएको हुँदा यस्तो अवस्थामा के–के कृयाकलाप गर्न हुने, के–के गर्न नहुने बारेमा जानकारी दिइएको सन्जालका पारस जयसवालले बताए ।
सो क्रममा महिनावारीसँग सम्बन्धित विभिन्न तथ्य, यसका सकारात्मक तथा नकारात्मक पक्ष र तराई मधेबमा अझै गलत बुझाईका विषयमा अन्तकृया भएको आयोजकले गमक पोष्टल अनलाईनलाई जनाए । कार्यक्रममा उपस्थित महिला तथा बालिका सहित ४० जनालाई प्याड बितरन गरेको सन्जालका पदाधिकारी जयसवालले बताए ।
सञ्जालका अध्यक्ष शोभा साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका अन्य पदाधिकारी, स्थानीय शिक्षक, बुद्धिजिवी, समासेवीहरुको उपस्थिति रहेको थियो ।