मुकेश कुमार यादब÷सिरहा ९ आश्विन ।
सिरमा एक जना समुदायीक विद्यालयका प्रअले कमिशन खानको लागी मनोमानी ढङ्गले विद्यार्थीको ड्रेस खरिद गर्न कोटेसनको सुचना जारी गरेको पाइएको छ । गोलबजार नगरपालिका ४ स्थितको श्री जनता माध्यमिक विद्यालय प्राविधिकका प्रअ भरत शाहले नियम विपरित विद्यार्थीको ड्रेस खरिद गर्नको लागी सुचना प्रकाशन गरेको हो ।
विद्यालयले कक्षा टि ९ र ११ मा अध्यनरत विद्ययार्थीहरुको लागी ड्रेस खरिद सम्बन्धि प्रकाशित गरेको सुचना नगरकार्यपालिको शिक्षा कार्याविधि नियम विपरित कमिशनकै लागि प्रअ साहले सुचना निकालिएको नाम नखोल्ने सर्तमा सोहि विद्यालयलमा कार्यरत एक शिक्षकले बताए । उनले थपे, ‘जुनसुकै कार्यालयले कुनै किसिमको ठेक्का तथा कोटेसनमा खरिद सम्बन्धि सुचना प्रकाशित गर्नु अघि सरकारी तथा निजि बजेट निर्धारण गरि मात्र सुचना प्रकाशन गनुपर्ने हो,।‘ तर यो विद्यालयमा नतः नगरले, नत वडाले नै ड्रेस खरिद गर्ने भनि बजेट विनियोजन नगरेतापनि नियम कानुनलाई लत्याउदै प्रअ साहले विकमिशन खानकै लागी ड्रेसको सुचना आवहान गरिको शिक्षकले आरोप लगाएको छ ।
यता, विद्यालयलका प्रअ भरत साहले,‘आफुले विद्यार्थीहरुलाइ सहजताको लागी पुलको काम मात्र गरेको बताए । मैले विद्यार्थीसंग ड्रेसको रकम लिएर घुसखाने नियतले कोटेसनको सुचना जारी नगरे प्रअ साहले जिकिर गरे ।
हामिले आफुखुसि स्कुल ड्रेसको कपडा खरिद गर्दा सिलाई सहित गरि २ थान सर्ट पैन्ट,टाई र वेल्ट गरि करिब २ हजार सम्म मात्र पर्ने गरेको र सोहि विद्यालयमा अध्यनरत्त एक विद्यार्थीले जानाए । उनले ‘करिब १५ दिन अगाडि प्रअ साले हामिलाई यस पटक मैले तिमिहरुको लागी स्कुलको लोगो सहितको ड्रेस लगायतको सबै समानको लागी अभिभावक संग ३१ सयको दरले स्कुलमा रकम जम्मा गर्नुपर्ने भएिको थियो, ।
उतm विद्यालयमा कक्षा टि९ र ११ मा गरि करिब ३ सय भन्दा बढि विद्ययार्थीहरु अध्यनरत छन् ।