गमक पोष्ट समाचारदाता
लहान ८ , असोज । सिरहाको लहानमा दुईदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । स्वास्थ्य र विकासका लागि शहरी सरसफाइ तथा स्वच्छता कार्यक्रम र वास एसडीजी परियोजना अन्तर्गत खानेपानी सरसफाइ तथा स्वच्छतामा लैङ्गिक समानता र समाजिक समावेशीकरण सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।
सरसफाइमा समाजिक विकासको पद्धतिलाई कसरी समबेश गर्ने र कार्यान्वन गराउने मुख्य उदेश्यका साथ सप्तरीको खडक नगरपालिकाका सरोकारवालालाई राखी सामुहिक रुपले गोष्ठीमा छलफल गरिएको सबल नेपालका वास एसडिजिका कार्यक्रम संयोजक प्रमेश्वर झाले बताए ।
पालिकाले बनाउने गरेको योजनामा सरसफाइको क्षेत्रमा लक्षितवर्ग समुदायको पहुँच पुर्याउन समेत छलफल गरिएको उनले सुनाए ।
सरसफाइ मानवीवनको प्रमुख सरोकारको विषय रहेकोले सरसफाइको क्षेत्रमा पालिकालाई लगानी गर्न समेत गोष्ठीमा व्यापक छलफल गरिएको शिक्षा शाखाका निमित्त प्रमुख बिरेन्द्र कुमार यादवले जानकारी दिए । एसएनभी नेपालको आर्थिक सहयोग र खड्क नगरपालिकाको सहकार्यमा गोष्ठी आयोजना गरिएको थियो ।
कार्यक्रमको सहजीकरण (जेसी सल्लाहकार) सवित्रा ढकाल , (वास एड्भाईजर) कृष्ण जिसीले गरेको आयोजक सबल नेपालले जानकारी दिए।
कार्यक्रममा खडक नगरपालिकाका उपमेयर , शाखा अधिकृत , वडा अध्यक्ष , शिक्षा शाखाका पदाधिकारी, युवा क्लब र अपांगता समितिका प्रतिनिधि लगायत विभिन्न शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो ।