गमक पोष्ट समाचारदाता / सिरहा, ८ असोज । महालेखा नियन्त्रकको कार्यलयले हालै सार्वजानिक गरेको ५८ औं प्रतिबेदनमा सिरहा नगरपालिकाले बिद्यालय बन्द हुँदापनि दिवाखाजाको रकम निकासा दिएको प्रतिवेदन सार्वजनिक गरेको प्रति असन्तुस्टि जनाएका छन् ।
माहालेखाले भदौ महिनामा सार्वजानिक गरेको ०७६/७७ को प्रतिबेदनमा सिरहा नगरपालिकाले बिद्यालय बन्दभएको बेलापनि तेस्रोे चौमासिक अवधिको एक करोड ३८ लाख निकासा गरी भ्रष्टाचार गरेको भन्ने प्रतिवेदन प्रति असन्तुष्टि जनाएका हुन् ।
कोभिड १९ का कारण शैक्षिकशत्रको अन्तिम चैत्र ११ मा मात्र विद्यालय बन्द भएको सर्ववितितै हुँदाहुदै पनि महालेखाले कुन नियतले भ्रष्टाचार देखाएको आफूले बुझ्न नसकेको मेयर अशेश्वर यादवले बताए ।
उनले शिक्षा शाखाको सिफारिसमा सवै प्रकृया पुर्याएर विद्यालयको नाममा रकम पठाएको बताए । ‘हाम्रा कर्मचारीले २०७६ मंसिर ३० गते एक सय १० दिनको लागि दिवा खाजाको रकम पठाएको हो, मङ्सिर देखि चैत ११ गते सम्म खाजा कार्यक्रम चलेकै हो, त्यसपछि कोभिड १९ ले लकडाउन भएको हो, कहाँ कसरी बन्द विद्यालयको लागि खाजाको रकम निकाशा भयो ?’ मेयर यादवले प्रतिप्रश्न गरे ।
मेयर यादवले प्राकृतिक प्रकोपको बारेमा कसैलाई जानकारी हुने होइन । शिक्षा शाखाले समयमै रकम पठाएको हो । कोभिडका कारण चैत ११ बाट विद्यालय बन्द भएको हो । मेयर यादवले भने, ‘१७ दिनजतिको रकम बाँकी थियो, त्यो पनि अर्को शौक्षिकसत्रमा खर्च गर्न सवै विद्यालयका प्रअलाई निर्देशन दिईसकेका छौं ।’ मैले कर्मचारीले आवश्यक कागजात पुर्याउन नसकेर भयो की भन्ने लागेको थियो, विद्यालय नै नचलेको त होइन, मेयार यादवले भने ।
मेयर यादवले कुन निसायले त्यसरी प्रतिवेदन सार्वजनिक गरेको हो त्यो हामीले बुझ्न सकेको बताए ।
नगरपालिकालाई महालेखाले प्रतिवेदन संसोधनको लागि समेत मौका नदिई एकैपटक सार्वनिक गरको बताएको छ ।
नगरक्षेत्रमा जम्मा ५२ वटा सामुदायिक विद्यालयहरु रहेको नगर शिक्षा शाखाले जनाएको छ । जसमध्ये सवै प्रकृया पुगेका ४३ वटा विद्यालयलाई एक करोड ३५ लाख एक हजार ९ सय ५० रुपैयाँ वैंक खातामा पठाएको शिक्षा शाखाका कासिन्द्र यादवले जानकारी दिए । उनले करिव १७ दिनभने कोविडका कारण लकडाउन भएपछि नचेलेको हो ।