गमक पोष्ट समाचारदाता
सप्तरी, ६ असोज । बिषालु सर्पको टोकाईबाट सप्तरीमा एकै परिवारका दिदीभाईका मृत्यु भएको छ । बिषालु सर्पको टोकाईबाट खडक नगरपालिका २ बेल्हीका राजेश कुमार मण्डलको १४ बर्षीया छोरी सुनिता र ९ बर्षीय छोरा कृष्ण मण्डलको मृत्यु भएको हो ।
घरमा राति सुतेको अवस्थामा दुबैको मुखबाट फिज आएको र त्यसपछि उपचारका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लगिएको र त्यही सुनिताको मृत्यु भएको प्रहरीले जनाएको छ । कृष्णालाई लहानबाट थप उपचारको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरी प्रहरीका सुचना अधिकारी डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
घरमा सुतेकै अवस्थामा दिदीभाईलाई सर्पले टोकेको र उपचारका लागि अस्पताल लग्ने क्रममा मृत्यु भएको वडाअध्यक्ष रामअवतार साहले बताए । घटना समयमै जानकारी नपाउँदा मृत्यु हुन पुगेको बताइएको छ ।