गमक पाेस्ट सम्वादाता

लहान, असोज ६ गते । साझा सवालका लागि साझा आवाज मूल उद्घोषका साथ समग्र जन उत्थान केन्द्र लहानद्धारा सञ्चालित सामुदायिक रेडियो समग्र एफ.एम. १०७ मेगाहर्ज मंगलवारबाट १२ औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा रेडियोले सिरहाको लहानमा ११ औ वार्षिक उत्सव भव्यताका साथ मनाएको छ ।
प्रदेश २ प्रदेशसभा सदस्य लगनलाल चौधरीको प्रमुख आतिथ्यमा रेडियोले विभिन्न कार्यक्रम गरेको छ । मानवअधिकार, शान्ति र विकासका सवाललाई केन्द्रित गरी गत २०६७ साल असोज ५ गतेदेखि आफनो नियमति प्रशारणमा रहेको रेडियो समग्रले मैथिली, नेपाली, थारु र अंग्रेजी भाषामा कार्यक्रमहरु उत्पादन र प्रशारण गरिरहको रेडियो समग्रका अध्यक्ष भैरवप्रसाद गेलालले जानकारी दिनुभयो ।RADIO S
दैनिक १८ घण्टा प्रशारण भइरहेको यस रेडियोले मैथिली भाषामा विहान र साँझ गरी दुई वटा सामाचार बुलेटिन र नेपाली भाषामा विहान १ वटा सामाचार बुलेटिन गरी तीन वटा समाचार बुलेटिन दैनिक रुपमा प्रशारण गरिरहेको छ । यस्तै बालबालिका केन्द्रित, महिला अधिकार, द्धन्द्ध रुपान्तरणका सवालमा सम्वाद, प्रतिभा प्रस्तुतीकरण, स्वास्थ्य चर्चा, मनोविमर्श सेवा जस्ता सचेतनामुलक कार्यक्रम तथा संगित एवम् मनोरन्जनात्मक कार्यक्रमहरु प्रशारण गर्दै आइरहेको छ भने सिआइएनको सहकार्यमा सिआइन खवर लगायतका कार्यक्रमहरु प्रशारण गरी सामाजिक रुपान्तरणको अभियान सञ्चालन गरिरहेको स्टेशन म्यानेजर रामभरोसी महतोले जानकारी दिनुभयो ।
रेडियोका अध्यक्ष भैरवप्रसाद गेलालको अध्यक्षतामा भएको वार्षिक उत्सव समारोहमा प्रमुखि अतिथि प्रदेश २ प्रदेशसभा सदस्य लगनलाल चौधरीले समाजिक रुपान्तर एवम् मानवअधिकार शान्ति र विकासका सवालमा रेडियोले खेलेको भूमिको प्रशंसा गर्दै अगामी दिनमा समाजमा रहेको विकृति विसंगती हटाउन पहल मुलक कार्यक्रमलाई अझ सशक्त तरिकाले उठाउन आग्रह गर्नुभयो । कार्यक्रममा लहान नपा ५ का वडा अध्यक्ष सुलेमान अंसारी, इलाका प्रशासन कार्यालय लहानका प्रमुख कृष्णबहादुर खडका, हातेमालो अन्तरधार्मिक समिति लहानका संयोजक सुशिलचन्द्र अधिकारी, जे एस मुरारका बहुमुखि क्याम्पस लहानका प्रमुख तुलसीराम पोखरेल, ललकु मावि लहानका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामनारायण मेहता, सगरमाथा मावि ढोढनाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र चौधरी, महिलाअधिकारकर्मी श्यामकुमारी साह, रेणु कर्ण, समग्र बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक अम्वराज मिश्र लगायतका व्यक्तित्वले रेडियोले सामाजिक रुपान्तरणको अभियानलाई अझ सशक्त बनाउदै सुन्दर सुव्यवस्थित समाज निर्माण गर्ने किसिमको कार्यक्रमहरु रेडियोमा ल्याउन सुझाव व्यक्त गर्दै शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा रेडियोको अभियानमा सहकार्य र सहयोग गर्ने सवल नेपाल, मुक्ति नेपाल, ओरेक नेपाल, दलित महिला संघ, जानकी महिला जागरण समाज धनुषा, व्यवसायिक प्रतिनिधिहरुलाइ मायाको चिनो प्रदान गर्दै सम्मान गरेको थियो । त्यसैगरी रेडियोका पूर्व कर्मचारीहरुलाई समेत मायाको चिनो प्रदान गर्दै सम्मान गरेको थियो भने हाल रेडियोमा कार्यरत कर्मचारीहरुलाई प्रशंसा पत्र प्रदान गरेका छन् । यस्तै कार्यक्रम उपस्थित सरोकारवलाई समेत मायाको चिनो प्रदान गरेका छन् । रेडियोका सचिव मदनकुमार मण्डलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने रेडियोले गरिरहेको कार्य र अभियानका बारेमा रेडियो सञ्चालक संस्था समग्र जनउत्थान केन्द्र लहानका कार्यकारी निर्देशक देवराज पोखरेलले प्रकाश पार्नु भएको थियो । रेडियो कर्मीहरुले प्रस्तुत गरेको नृत्य तथा गीत संगित कार्यक्रमले वार्षिक उत्सवलाई उल्लासमय बनाएको सहभागीहरुले बताउनुभयो ।
यसैबीच रेडियो समग्रले ११ औ वार्षिक उत्सवको अवसरमा एक सन्देश पत्र जारी गर्दै रेडियो समग्रको आगामी दिनको प्रशारणमा सामाजिक रुपान्तरणको अभियानलाई अझ सशक्त बनाउने जनाउदै यतिञ्जेलसम्मको यात्रामा साथ र सहयोग गर्नु हुने सम्पूर्ण स्रोता महानुभाव, विज्ञापनदाता, कर्मचारी, विभिन्न स्थानीय तहका जनप्रतिनिधि, सहकार्यमा रहेका विभिन्न संघसंस्था, व्यवसायिक क्षेत्रका प्रतिनिधिहरु एवम् सम्पूर्ण शुभचिन्तकहरुमा हार्दिक कृतज्ञता सहित अगामी दिनमा समेत निरन्तर साथ र सहयोगको अपेक्षा सहित सम्पूर्णमा हार्दिक अभार व्यक्त गरेको छ ।