• सुरेश राय

सिरहा, ५ असोज । श्रमको उचित ज्यालाको माँग सहित सिरहाको गोलबजार नगरपालिकामा कार्यरत बालबिकास शिक्षक तथा विद्यालय कर्मचारीहरुले ज्ञापनपत्र बुझाएका छन् । तीन घन्टा शिक्षण उदस्यले सन्चालित समुदायमा अधारित बालबिकास केन्द्र बिद्यालयमा समायोजन भएपछि ७ घण्टा काम गरेपनि त्यस अनुसारको पारिश्रमिक नपायको भन्दै सोही काम अनुसारको श्रम पाउनुपर्ने माँग सहित ज्ञापन पत्र बुझाएका हुन् ।
उनीहरुले परिश्रमिक वृद्धिको मागसहित विद्यालय कर्मचारीहरुको निजामती सरह पारिश्रमिक लागु गर्नुपर्ने, श्रमऐन अनुसार पारिश्रमिक पाउनुपर्ने, विद्यालय कर्मचारी र बालविकासका सहयोगीलाई स्थायि दरवन्दिमा समावेस गर्नुपर्ने माग गरेको छ ।
उनीहरुले पटक– पटक शिक्षा मन्त्री देखि नगर शिक्षा समितिमा जानकारी गराउँदै आएको बताए । तपाइहरुलाइ जान्कारी गराउदैछु । आर्थिक बर्षको बजेट वृद्धि अनुसार लागू गरिदिनहुन भनेपनी हाल सम्म नपाएको शिक्षिका पुनम सिङले बताए । उनीहरुले शिक्षा शाखामार्फत मेयरलाई ज्ञापनपत्र बुझाएका हुन् । गोलबजार नगरपालिकामा ६७ जना बाल विकास सहयोगी कार्याकर्ताहरु कार्यरत रहेको नगर शिक्षा शाखाले जनाएको छ ।