उराँव समुदायमा दशैं नआउँदै जमरा

    • आश्विन ५, २०७८
    • ३९३ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    • प्रकाश तिम्सिना

    सुनसरी, ५ असोज /  उराँव समुदायले परम्परागत पर्व करम पूजा सोमबार हर्सोल्लासका साथ मनाएका छन् । करम पूजाको पूर्वसन्ध्यामा उनीहरूले विविध साँस्कृतिक कार्यक्रम आयोजना गरेका थिए । 

    कार्यक्रममा सुनसरीका उराँवहरूले शुभकामना साँटासाँट र आपसमा जमरा लगाएर करम पुजा गरेका छन् । पूजाका अवसरमा उराँव समुमदायका पुरुषहरू धोती, गम्छाको पगरी र परम्परागत पहिरन र महिलाले रातो र सेतो सारी, हातमा चाँदीको चुरा, घाँटीमा हसुली, तिलहरी, पाखुरामा गोफ (गहना) ले सजिएका थिए । यस्ता कार्यक्रमले उराँवहरूको सँस्कृतिको प्रर्वद्धन, भाषाको संरक्षण र मौलिकता प्रदर्शनमा योगदान पुग्ने नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठानका अध्यक्ष बेचन उराँवले बताए । 

    विभिन्न धार्मिक तथा साँस्कृतिक कार्यक्रमका अवसरमा मनाइने करम पूजाले उराँव समुदायमा एकआपसमा भाइचारा बढाएको प्रतिष्ठानका सल्लाहकार नुनुलाल उराँवले बताए । सहभागीहरूले उराँवहरूको हक, अधिकार र पहिचानका लागि सबै क्षेत्रबाट सबै खालका सहयोग आवश्यक रहेको जोड दिएका थिए । 

    उराँवहरुले करम राखेको दिनदेखि नै दैनिक अखडा (मंच) मा परम्परागत पहिरनसहित नाचगान गर्ने, प्रवचनलगायतका कार्यक्रम गरिएको थियो । उराँव समुदायका शिक्षक सम्पतलाल उराँवका अनुसार करम पूजाको पूर्व सन्ध्यामा परम्परागत कला कौशल, गीत नृत्य प्रस्तुत गरिएको थियो । यस्तै, बाजागाजा, पोसाक, मौलिक हातहतियार, कृषि औजार, जिविकोपार्जन गर्ने सामग्री (माछा मार्ने जाल, भाडो, खुर्पी, कोदालो, हलो) को प्रदर्शन गरिएको प्रतिष्ठानका सचिव रामलाल उराँवको भनाइ छ । यसैबीच करम पर्वको अवसरमा सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका सहित कोशी, भोक्राहा नरसिंह र हरिनगर गाउँपालिकाले सोमबार सार्वजनिक विदा दिएको थियो ।                            न्युज कारखाना /

    उपप्रधान तथा गृहमन्त ...

    काठमाडौं , २८ बैशाख। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि ...

    सिरहाबाट लागुपदार्थस ...

    सिरहा, २७ बैशाख। सिरहा प्रहरीले प्रतिवन्धित लागु पदार्थ ...

    सप्तरीको फत्तेपुरमा ...

    सप्तरी, २७ बैशाख। सप्तरीमा नेपाल बैंक लिमिटेडका सुरक्षा ...

    उपेन्द्र यादवको कार् ...

    काठमाडौं, २७ बैशाख। जसपाका अध्यक्ष अशोक राईले अस ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल