गमक पोष्ट समाचारदाता / सिरहा, ४ असोज । सिरहा गोलबाजर नगरपालिका ४ निपनियाँका करिव ४० वर्षिय दुखरण महराको हत्या अभियोगमा प्रहरीले उनकै श्रीमतीलाई पक्राउ गरेको छ । अनुसन्धानको क्रममा हत्या योजनाका मूख्य योजनाकार रहेको भन्दै प्रहरीले दुखरण श्रीमती हरिहरदेवी महरा लाई नियन्त्रणमा लिएको हो ।
महराकी पत्नीले उपचारको बाहानामा भारत, जयनगर पुर्याई भारतिय नागरीक मुकेश यादवको समूहलाई ६० हजार दिएर आफ्नै श्रीमानको कर्तव्य गरी हत्या गराएको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता शुवास बुढाथोकीले जानकारी दिए । पक्राउ गरिएका महरालाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भईरहेको प्रवक्ता बुढाथोकीले जनाएको छ ।
महराको शव भारत विहारको मधुवनि जिल्ला अन्तर्गत जयनगर बजार नजीकै गत भदौ १९ गते फेला परेको थियो । महराको शव धारीलो हतियारले घाँटी रेटिएको र शरिरको विभिन्न भागमा चोट पटक लागेको अवस्थामा फेला परेको थियो ।