- सुरेश राय
सिरहा, ४ असोज । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत काम गरेको रकम नदिएको भन्दै सिरहाको नरहा गाउँपालिका १ वार्ड कार्यालयमा तालाबन्दि गरेका छन् । आफूहरुले काम गरेको रकम ५ महिना वितिसक्दा पनि नपाएको भन्दै वार्डका ४३ जना कामदारहरुले आज कार्यालयमा तालाबन्दि गरेका हुन् ।
स्वरोजगार कार्यक्रम अन्तर्गत ४३ जना कामदारहरुले बैशाख १२ गते बाट ५० दिनसम्म काम गरेको रकम अझै नपाएपछि तालाबन्दिगर्न बाध्य भएको कामदार सुनिल दासले बताए । उनले अफूहरुले पटक पटक हामिले पाउनुपर्ने रकमको लागि तागेता गरेपनि वार्डकार्यालयले पहल वास्ता नगरेको बताए ।
उनले श्रमिकहरुले कामगरेको रकम असार १५ गते सम्म पाइसक्नु पर्थियो तर अहिले पाँच महिना भन्दा बढि भैसक्यो कमाई पाउने अझै कुनै पत्तै छैन ।
अर्का कामदार गिता देबि दासले, ‘हामी गरिब मान्छे काम गरेर खान्छु ,काम गरेको पैसा नै नपाएपछी हाम्रो गुजारा कसरी चल्छ भन्दै उनले थपे, ‘धनी घरको मान्छेहरुको काम समय मै भैहाल्छ, तर हाम्रो ५ महिना भैसक्यो आहिले सम्म काम गरेको पैसा पाएको छैनौं ।’ उनले आफूहरु गाउँ पालिका सम्म पुगेर थाक्यौ केही सुनवाइ नभएको बताए ।
उनीहहरुले कामगरे बापत प्रतिव्यक्ति २५ हजार हजारका दरले १० लाख ७५ हजार रहेको बताएको छ ।
वडा अध्यक्ष अशोक साहले सम्वन्धित कर्मचारीको लापर्वाहीले श्रमिकहरुले पैसा पाउन नसकेको बताए । उनले कर्मचारीकै लापरवाहीका कारण चेक बन्न नसको बताए । ‘आफूले गनुपर्ने सवै काम गरेर उनीहरुको जिम्मा लगाएको बताउँदै लेखा र सम्वन्धित कर्मचारीको कारण निकासा हुन सकेन; अध्यक्ष साहले भने । अध्यक्ष साहले उनीहरुले पाउनुपर्ने पारिश्रमिकको बारेमा आफ्नो पहल जारी रहेको बताए ।