गमक पोष्ट समाचारदाता जनकपुर, ४ असोज । धनुषामा सोमबार बिहान पोखरीमा आमाछोराको शव फेला परेको छ । धनुषाधाम नगरपालिका २ धर्मपुर टोलका अशोक सिंहकी करिव २८ वर्षीया श्रमती अर्चना सिंह र उनका छोरा चार वर्षीय कुशकुमार सिंहको शव घर नजिकैको पोखरीमा फेला तैरिरहेको अवस्थामा परेको हो ।
विहान स्थानीयले पोखरीमा शव देखेपछि प्रहरीलाई खबर गरेको जनाएको छ । प्रहरीले घटनास्थलमा पुगेर आवश्यक प्रकृया पुरागरी शवलाई पोस्टमाटमको लागि प्रदेशिक अस्पताल जनकपुर पठाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश राना भाटले जानकारी दिए ।
स्थानीयले घरायसी विवादका कारण अर्चानाले छोरालाई लिएर पोखरीमा हामफालेर आत्महत्या गरेको हुक्सने आशंका गरेका छन् । घटनाको अनुसन्धान गरिरहेको उपरीक्षक भाटले बताए । ‘के कारणले घटना भएको अहिले खुलेको छैन, उनले भने, ‘चाडै नै घटनाबारे सार्वजनिक हुन्छ ।’