गमक पोष्ट समाचारदाता / वीरगञ्ज, ३ असोज । संविधान दिवसको अवसरमा वीरगञ्ज कारागारका २४ जना कैदीको कैद मिनाहा भएको छ ।
मन्त्री परिषद्को भदौ २९ गते बसेको बैठकको निर्णयबमोजिम राष्ट्रपति विद्या देवी भण्डारीले देशैभरका ५ सय ३१ ज्नाको कैद मिनाहा गरेकी हुन् । सोही अनुसार वीरगञ्ज कारागारबाट विभिन्न मुद्धामा सजाय खेपिरहेका २४ जनाको सजाय मिनाहा भएको हो ।
सबैभन्दा बढी कर्तव्य ज्यान मुद्धाका ७ जना, सवारी ज्यान मुद्धाका ५ जना, चोरीका ४ जना, ज्यान मार्ने उद्योगका २ जना, डाँका मुद्धाका २ जना, नकबजनी चोरीका २ जना र ज्यान तथा बहुविवाहका १÷१ जना गरी २४ जनाको कैद मिनाहा गरिएको वीरगञ्ज कारागारले जनाएको छ ।