गमक पोष्ट समाचारदाता वीरगञ्ज ३ असोज । वीरगञ्जमा एकै परिवारका २ दाजुभाईको शब फेला परेको छ । वीरगञ्ज महानगरपालिका १५ का २ जनाको वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीस्थित पोखरीमो शब फेला परेको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ ।
वीरगञ्ज महानगरपालिका १५ निवासी दिनेश प्रसाद साहका १७ वर्षीय छोरा मुन्ना भन्ने आशिष गुप्ता र सोही टोलका उमेश प्रसाद साहका १२ वर्षीय छोरा प्रितम गुप्ताको शब फेला परेको हो ।
शुक्रवार दिउँसो २ बजे घरबाट खेल्न भनी निस्किएका २ दाज्यु भाई अपरान्ह ४ बजेसम्म पनि नफर्किएपछि परिवारजनले खोजी शुरु गरेका थिए । खोजीको क्रममा मुर्लीस्थित पोखरी नजिक उनीहरुले लगाएको लुगा तथा चप्पल फेला परेपछि पोखरीमा पौडी खेल्दा डुबेको आशंका उत्पन्न भएको थियो । प्रहरीको सहयोगमा स्थानीयले नदीमा खोज्ने क्रममा शब फेला परेको हो ।
शनिवार साँझ ६ बजेदेखि खोजी गर्दागर्दै ४ घण्टापछि करिब राती १० बजेको समयमा उनीहरुको शव फेला परेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिनेश गौतमले जानकारी दिए ।
आशिष गुप्ता सगरमाथा बोर्डिङ्ग स्कुलको कक्षा ९ मा र प्रितम गुप्ता कक्षा ६ मा अध्यनरत रहेको परिवारजनले बताएका छन् । उनीहरु दुवे दाजुभाईका छोराहरु हुन् ।