गमक पोष्ट समाचारदाता / सिरहा, २ असोज, । यो दृष्य कुनै मेला पात वा हाट बजारको होइन । धनगढीमाई नगरपालीकाले आयोजना गरेको एक दिवसिय नागरिक्ता शिविरमा नागरिक्ता लिन भेला भएका नगरवासिहरु हुन् ।
नगरपालीले सर्वसुलभ तरिकाले नागरिकता पाउन भन्ने उद्देश्यले जिल्ला प्रशासन संगको समन्वयमा आज नागरिक्ता शिविर आयोजना गरिएको नगरप्रमुख हरिनारायण चौधरीले जानकारी दिए । जिल्ला सदरमुकाम सजिलै पुग्न नसक्ने अशक्त, अपाङ, विपन्न तथा गरिवहरुको लागि शिविरको आयोजना गरिएको जनाएको छ ।
गाउँ टोलमै नागरिकता टोली आएपछि स्थानीयहरु उल्लासमय सहभागिताकासाथ नागरिकता प्राप्त गरिरहेका छन् । यद्यपि एक दिनमै विविध कारणले नागरिकता लिनबाट छुटेका सबैले पाउन नसक्ने स्थानीयहरुको गुनासो रहेको छ ।
नगरपालिकाको आयोजनामा संचालित एक दिने नागरिकता टोलीबाट पाँच सय बढी नगरवासीको सनाखत भइसकेको नगरपालिकाले जनाएको छ । सनाखत भएका सबैलाई भोलि असोज ३ गते नागरिकता वितरण गरिने जिल्ला प्रशासन कार्यालय, सिरहाले जनाएको छ ।
चौध वटा वडा रहेको नगर क्षेत्रभित्रका मुख्यतः दलित, विपन्न, असक्त भएका व्यक्तिहरुलाई विशेष प्राथमिकतामा राखेर नागरिकता टोली ल्याइएपनि विविध कारणले नागरिकता लिन छुटेका सबैले नागरिकता लिन इच्छाएपछि आजै नागरिकता पाउन सम्भव रहेको नगरप्रमुख हरिनारायण चौधरीले जानकारी दिए ।
उनले छुटकाहरुका लागि फेरी अर्को समय मिलाएर नगरबाटै सबैलाई नागरिकता दिलाउने वातावरण मिलाइरहेको नगर प्रमुख चौधरीले बताए ।
धनगढीमाई नगरपालिकाको नगरवासीहरुले नागरिकता लिन झण्डै ३० किलोमिटरको दुरीमा रहेको सिरहा जिल्ला स्थित जिल्ला प्रशासन कार्यालय जानुपर्ने वाध्यता रहँदै आएको छ ।