गमक पोष्ट समाचारदाता / बर्दिवास, २ असोज । महोत्तरी प्रहरीले नेपाली नक्कली नोट सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । महोत्तरीको औरही नगरपालिका १ औरही बजारबाट शुक्रवार बेलुकी भारत बिहार राज्यका मनपौर ग्राम पंचायतका २१ वर्षिय पिन्टू कुमार राय र रामदयाल सिंहको छोरा १२ वर्षिय रितेश कुमार सिंहलाई हजार दरका २२ थान नेपली नक्कली नोट सहित पक्राउ गरेको हो ।
औरही बजारका पान पसल र स्याउ पसलमा समान किनेर नक्कली नोट दिएको भन्ने हल्ला हुँदा त्यहाँ पुगेका प्रहरीले चेकजाँचको क्रममा नक्कली नोट फेला परेको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक बिष्णु प्रदिप बस्यालले जानकारी दिए ।
प्रहरीले उनीहरु सवार बिआर ३०७ भि ९४८७ नम्बरको स्कुटर पनि नियन्त्रणमा लिएको छ । घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले नजनाएको छ ।