गमक पोष्ट समाचारदाता / भोजपुर, १ असोज । भोजपुरमा पौडि खेल्ने क्रममा एक बालिकाको डुबेर मृत्यु भएको छ । आमचोक गाउँपालिका १ छेका खोलामा पौडी खेल्ने क्रममा डुबेर स्थानीय १४ वर्षीया तारा परियारको डुबेर मृत्यु भएको हो ।
खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएकी परियारलाई चार घण्टापछि मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
स्थानीयबाट घटनाको विषयमा जानकारी पाउन साथ प्रहरी चौकी वासिङथर्पु र इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल पुगेको बताइएको छ ।