गमक पोष्ट समाचारदाता / सिरहा, १ असोज । धनगढीमाई नगरपालिका सिरहाले आज स्थापनाको छैठौं वार्षिकोत्सवको अवसरमा विद्युतीयभुक्तानी ई पेमेन्ट सेवा सुचारु गरेका छन् ।
सूचनाप्रविधिको अधिकतम् उपयोग गर्दै जनतालाई छिटो छरितो एवम् सहजताको लागिविद्युतीयभुक्तानी सेवाको प्रारम्भ गरिएको नगरप्रमुख हरिनारायण चौधरीले जनाउनुभयो ।
विद्युतीयभुक्तानी सेवासँगै नगरवासीएवम् देश विदेश तथा दुर दराजको ठाउँमा बसेका नगरवासीलाई प्रशासनिककामको लागिकार्यालय धाउनुपर्ने वाध्यता हट्ने आँकलननगरपालिकाको छ । प्रदेश नं.२ मा सम्भवतः यस्तो सेवादिने पहिलो नगरपालिकाहुन सक्ने बुद्धिजीवीहरु बताउँछन् ।
विद्युतीयभुक्तानी सेवालाई प्रभावकारी ढंगले अगाडि बढाउन सबै वडाअध्यक्षहरुलाई आग्रहगर्दै नगरबाट निर्देशित सेवालाई विना झन्झटिलो तरिकाले समयमै सेवाग्राहीहरुलाई सेवादिनकर्मचारीहरुलाई निर्देशन समेत गरिएको छ ।
चौध वटा वडा रहेको नगरपालिकाको सबै वडाहरुबाट जनताको घरदैलोमै विद्युतीय सेवाबाट सेवाप्रवाह गरिरहेको छ ।नगरपालिकाको स्थापनाको दिवसको उपलक्ष्यमानगरपालिकालाई निःशुल्क रुपमाजग्गादान गर्नुहुनेहरुलाई सम्मान समेत गरेका छन् ।
वार्षिक उत्सवको अवसरमा प्रत्येक वर्ष झै यस वर्ष पनिनगरपालिकाकादुई जनाकर्मचारी नयनपुर अस्पतालमा कार्यरत ल्याब टेक्निसियन सन्ध्यालामा र ईलेक्ट्रिसियन वेदानन्द चौधरीलाई नगरपालिकाको कार्ययोजनाक्रियान्वयनमाउत्कृष्ट प्रदर्शन गरेको भन्दै जनही २५ हजार नगद सहितनगरपालिकाले सम्मान गरेका छन् ।