सुरेश राय / सिरहा, १ आसोज । सिरहाको कल्यानपुर नगरपालिकामा स्थानीयले चौथो पटक तला बन्दी भएको छ । नगरपालिकामा हुने काम कार्वाहीको हिसाव किताव पटक पटक माग गर्दा पति नदिएपछि पुनः तालाबन्दि गरेका हुन् ।
नगरप्रमुखलाई पटक–पटक हिसाब–किताब सर्वजानिक गर्न माँगगर्दा आज सम्म नदिएको भन्दै बिभिन्न वडाबाट युबाहरु आएर आज पुनः तलाबन्दी गरेको युबा नेता प्रदिप साह ले बताए । उनले, ‘भने जिल्लाका सवैजसो स्थानीय तहको नगर सभा गरेर हिसाब किताब सर्वजानिक भैसकेको छ । तर, कल्यानपुर नगरपालिकामा नगरसभा सम्म हुन सकेको छैन ।’
उनीहरुले नगरबाट हुने हरेका काममा भ्रष्टाचार हुने गरको आरोप लगाउँदै आएको छ । स्थानीय युवाहरुले यहाँका कहिले कर्मचारी अख्तियारले पकड्ने, कहिले मेयर भ्रष्टाचारमा मुछिने गरेको बताए । उनीहरुले यसरी नगरपालिका चल्न नसक्ने भन्दै तालावन्दि गरेको बताए ।
मेयर सूर्यनारायण मण्डल भ्रष्टाचारको आरोमा निलम्वन परेर उपमेयरले कार्यावाहकको रुपमा चलाएको भएपनि उनको रवैयापनि उस्तै रहेको स्थानीयको आरोप रहेको छ । उनीहरुले मेयर, प्रशासकिय अधिकृतसँग बार्ताको प्रयास गरेपनि उनिहरुले वेवास्ता गरेको भन्दै तालावन्दि गर्नु परेको बताएको छ ।
स्थानीयले सिरहा जिल्ला बदनाम र भ्रष्ट नगरपालिका रहेको बताउँछन् ।