गमक पोष्ट समाचारदाता / सिरहा, ३० भदौ । सिरहामा बोक्सिको आरोपमा एक महिलामाथि कुटपीट भएको छ । सिरहा नपा १२ सारस्वरका करिव ३६ बर्षीय महिलालाई बोक्सी भन्दै आफ्नै छिमेकी ४५ वर्षिय लखन साह सहितको समूहले कुटपीट गरेका हुन् ।
साहको विरामी नातिनी उपचार गराउँदा पनि निको नभएपछि छिमेकी महिलालाई बोक्सि भन्दै कुटपीट गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी शुवास बुढाथोकीले जानकारी दिए ।
१०–१५ दिन देखि बिरामी रहेको नातिनी उपचार गराउँदा पनि ठिक नभएको भन्दै बोक्सिले लागुभागु (टुनामुना) गरेको भन्दै कुटपीट गरेको बताइएको छ ।
बोक्सि भन्दै कुटेको आरोपमा प्रहरीले साह लाई पक्राउ गरेको छ । घटनामा संलग्न अन्य भने फरार रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । महिलाको अबस्था समान्य रहेकोे छ ।