गमक पोष्ट समाचारदाता / सिरहा, २८ भदौ । अखिल (क्रान्तिकारी) को प्रथम सूखीपुर नगर सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले संजय मण्डलको अध्यक्षतामा ३१ सदसिय नगर समिति गठन गरेको छ । जसको उपाध्याक्ष र सचिव क्रमशः शंकर राई र रुपेश शाह रहेका छन् ।
नवगठिन समितिलाई अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष भोला यादव, रामपुकार यादव, पारस यादव लगायतले शुभकामना दिएका थिए ।