सिरहा, २८ भदौ ।सिरहा प्रहरीले गोलबजारबाट प्रतिवन्धित लागु औषध सहित दुईजना दाजु–भाईलाई नियन्त्रणमा लिएको छ ।प्रविन्धित लागुऔषध बेनाड्रिल १३ थान,पेन्टाजोसिन इन्जेक्सन १८८ वटा र पेन्टाजोसिन ल्याक्टेड इन्जेक्सन २३० सहित गोलबाजर नपा ४ का दाई ४६ वर्षिय जगदिश कुमार साह र ४३ वर्षिय भाई दिलिप कुमार साहलाई प्रह्ीले नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय गोलबजार र प्रदेश प्रहरीको टोलिले विशेष सुचनाको आधारमा उनीहरुले चलाईरहेको औषधी पसल र घरबाट सो परिमाणको लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकिले जानकारी दिए ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । पक्राउ परेकाहरुलाई आजै लागुऔषध कारोवार मुद्दामा म्याद थप गर्ने जनाएको छ । पक्राउ परेकाहरु करिब २० वर्ष देखि गोलबजारमा प्रतिवन्धित लागुओषधको कारोवार गर्ने गरेको एक स्थानियले जनाएको छ ।