गमक पोष्ट समाचारदाता / वीरगञ्ज, २७ भदौ । बारा प्रहरीले नक्कली नोट सहित पाँचजना युवकहरुलाई नियन्त्रणमा लिएको छ ।
तारा इन होटलबाट प्रहरीले रौतहट गुजरा नगरपालिका–३ बलुवा टोल बस्ने २४ बर्षीय सुनिल कुमार राम, ३६ वर्षीय रबिन्द्र कुमार चौधरी, बारा करैयामाई गाउँपालिका ५ का ३६ वर्षीय विशेश्वरप्रसाद चौधरी, कलैया उपमहानगरपालिका ९ रामपुर बस्ने २४ बर्षीय सागर शुक्ला र कलैया उपमहानगरपालि ९ टेङरहर टोल घर भई हाल बारा बिश्रामपुर गाउँपालिका–५ ईटियाही टोल बस्ने २५ वर्षीय राजु कुशवाहलाई पक्राउ गरेका हुन्
नेपाली नक्कली नोटको कारोबार गर्न तारा इन होटलमा केहीदिनदेखि बसिरहेको भन्ने विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले नक्कली नेपाली रूपैयाँ १ हजार दरका २५ थान नोट, बा ९१ प ७४३५ नम्बरको मोकरसाईकल र बा १४ च ९३८२ नम्बरको स्कारपियो गाडीसमेत बरामद गरेको छ ।
यस्तै ईलाका प्रहरी कार्यालय बिजयपुर लक्ष्मीनिया रौतहटसँग समन्वय गरी सुनिल रामको घरमा तत्काल खानतलासी गर्दा नेपाली रूपैयाँ १ हजार दरको नोट आकारको प्रतिगड्डी १०० थान भएको जम्मा ९३ गड्डी कागज, नेपाली रूपैयाँ १ हजार दरको नोट ३९ थान र द्यच् ण्छ त्त द्धटज्ञण्नम्बरको सुपर स्प्लेण्डर मोटरसाइकल र प्रदेश २–०३–००१ प ४२६५ नं.को २२० ऋऋ पल्सर मोटरसाइकल बरामद गरिएको प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले जानकारी दिए ।
पक्राउ परेका उनीहरुलाई खोटा चलन मुद्दामा बारा जिल्ला अदालतबाट ७ दिनको म्याद गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।