गमक पोष्ट समाचारदाता / जनकपुर, २७ भदौ । प्रदेश २ सरकारले कोरोना माहामारी बिरुद्धको सचेतना अभियान अन्तर्गत नो मास्क नो सर्भिस अभियान सञ्चालनमा ल्याउने भएको छ । मुख्यमन्त्री निवास मधेश भवनमा सम्पन्न प्रादेशिक कोभिड सङ्कट ब्यबस्थापन केन्द्रको बैठकले कोरोना सङ्क्रमण नियन्त्रणको लागि उक्त निर्णय गरेको हो ।
कोभिड ज्ञढ को सङ्क्रमितहरुको सङ्ख्यामा कमि आए लगतै सर्बसाधारणले मास्कको प्रयोगमा हेलचक्र्याई गर्न थाले पछि प्रदेश सरकारले सरकारी कार्यालयहरुमा सेवालिन आउनेहरुले अनिवार्य माक्स लाउने अभियान चलाउने निर्णय गरेको छ ।
सरकारले मास्क प्रयोगमा सर्बसाधारण लाई सचेत गराउन सञ्चारमाध्यमहरु मार्फत बिग्यापान प्रशारण प्रकाशन गराउने निर्णय समेत गरेको छ ।
मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा आन्तरिक मामिला तथा सञ्चार मन्त्री, समाजिक बिकास मन्त्री, प्रमुख सचिब लगायतका सचिबहरु सहित सरोकार बलाहरुको सहभागिता रहेको थियो ।
सर्वसाधारणलाई माक्स लगाउन अभिप्रेरित गर्ने भनी वसको सरोकारबालाहरुको बैठकमा मूख्यमन्त्री आफैलेभने माक्स प्रयोग गरेको देखिदैन ।