गमक पोष्ट समाचारदाता / सप्तरी, २७ भदौ । कोरोना भाइरस (कोभिड –१९) को सम्भावित जाखिमबाट सुरक्षित हुन स्थानिय तहले देखाएकाएको तदारुकता र सक्रिययताबाट जनताले नजिकको सरकारको अनुभुति गर्न थालेका छन् । स्रोत र साधनको उच्चतम प्रयोग गरी घरमै नागरिकका अपेक्षा पूरा गर्न कोरोना रोकथाम र नियन्त्रण कार्यमा स्थानिय सरकारले सक्रियता देखाएपछि नागरिकले यसखालको अनुभुति गर्न थालेका हुन् ।
सप्तरीको सुरुङ्गा नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ चौधरीले कोरोना रोकथाम र नियन्त्रणमा स्थानिय तहले गरेको काम प्रशंसनिय भए पनि सो कुरा चर्चा पाउन नसकेको उनले बताए ।
उनले भने, ‘स्थानिय तहले नागरिकको जन्मदेखि मृत्युसम्मको काममा सहजिकरण गरिरहेका छन्, तर चर्चामा आउन सकेको छैन । सुरुङ्गा नगर पालिकाकाले ज्यालामजदुरी गरी जिवन यापन गर्दै आइरहेका विप्पन परिवारलाई बेला बेलामा राहत सामग्री समेत वितरण गर्दै आएका छन् ।’
स्थानिय तहको वित्तिय स्रोत र साधनको दायरा फाराकिलो हुनु र आफै कानुन बनाई कार्यान्वयन गर्ने अधिकार स्थानिय तहसंग भएकाले अपेक्षाकृत काम गर्न सकेको नगरका प्रमुख प्रशासकिय अधिकृत गजेन्द्रनाथ शर्माले बताए । उनले भने, ‘साढे दुई दशक अघि २०५२ सालमा साविकका प्रत्येक गाविसलाई तीन÷तीन लाख रुपियाँ प्रदान गरिन्थ्यो तर अहिले सो रकम बढाएर विभिन्न शिर्षकमा गरी न्यूतम १० करोडदेखि अधिकतम १ अर्ब १५ करोड रुपियाँसम्म स्थानिय तहलाई प्रदान गर्दै आएको छ । यसलाई कहाँ कसरी खर्च गर्ने भन्ने अधिकार स्थानीय तहलाई भएको हुँदा पनि काम प्रभावकारी भएको हो ।’
स्थानिय तहमा केहि प्रविधिक कर्मचारी बाहेक अन्य विषयगत कर्मचारीको पूर्ति प्रायः भइसकेको उप–प्रमुख बिन्दा कुमारी पासवानले बताइन । कोरोना भाइरसबाट सिर्जित समस्याको समाधान गर्न सबै वडाले अग्रमोर्चामा काम गरेको वडा नम्बर– ७ का वडाअध्यक्ष शिवनारायण चौधरीको दाबि छ ।
कोरोना रोकथाम र नियन्त्रणका लागि सुरुङ्गा नगर पालिकाले अहिले शिक्षा, स्वास्थ , खानेपानी, सरसफाई र समाजिक विकासका क्षेत्रमा सुधारका काम गर्दै आएको नगर प्रमुख मुतिmनाथ चौधरीले बताए । कोरोना भाइरसबाट बच्न सचेतनामूलक कार्यक्रमलाई अभियानका रुपमा चलाउदै आएको उनले बताए । उनले भने ‘विकास निमार्ण र सुशासनमा सकारात्मक प्रतिस्पर्धा भएको छ । वित्तीय स्रोत साधनलाई मजबुत गर्न आन्तरिक रुपमा नीति निमार्ण गर्ने काम समेत भइरहेको छ ।’