गमक पोष्ट समाचारदाता / सिरहा, २७ भादौ । सिरहाको कर्जन्हा नगरपालिकाका मेयर गंगा पासवान जनताको गुनासो सुन्न गाउँ गाउँमै पुग्न थालेका छन् । मेयर पासवान जनताको भावना, चाहाना र गुनासाहरु सुन्न कर्जन्हा नगरपालिका २ बन्दिपुर पुगेका हुन् ।
गुनासो सुनवाई कार्यक्रमा स्थानीय जनताले निर्वाचित जनप्रतिनिधीले जनताको चाहाना, आवश्यकता अनुसार काम गर्न नसकेको गुनासो गरे । स्थानीय श्रीप्रसाद साहले शिक्षा, स्वास्थ्य, बाटोघाटो, पानी, विजुली जस्ता विकासका काम जन प्रतिनिधी चुनियपछि तिब्रगतिमा हुन्छ भनेर छान्यौं तर, त्यस्तो हुन नसकेको बताए । ‘विकास निर्माण कार्यले तिव्रता पाउलान, सुख दुःखमा हात्तेमालो गरौंला, भनेर निर्वाचित गरायौं तर जनप्रतिनिधी एकपाखे भए; उनलेभने, ‘विकासको काम सवै जती सवै वडाको उतरी वेल्टमा मात्र गरियो ।’
अर्का स्थानिय पवन रेखा पासवानले शिक्षा, स्वास्थ्य, सडक र कृषिमा समेत बाढीले समस्या गर्ने गरेको सुनाए । उनले समस्या वडामा पटक–पटक सुनाउँदा पनि चासो नलिएको आरोप लगाउँदै दलितबस्तिको बाढी र ढुवानको सस्या समाधान गर्नुपर्ने माँग राखे ।
गुनासो सम्वोधनको क्रममा नगर प्रमुख पासमानले नगरभित्रकै पुरानो मानसिकता भएका र गरिब दलितको नेतृत्व स्वीकार गर्न नसक्ने केहि व्यक्तिहरुले ३ सम्म वर्ष काम गर्न नदिएको आरोप लगाए । उनले भने, ‘निर्वाचित भएको ६ महिना पछि हामीले आफ्नो महत्वपुर्ण समय मुद्दामै विताएको हुँदा यहाँहरुको सबै समस्याहरुको सम्बोधन नभएको हुन सक्छ तर, हामीले हामी चौतर्फी विकासका लागि दिनरात काम गरिरहेका छौं ।’
यस वडाका अध्यक्षल विवाद र मुद्दामा पटक पटक फसेरका कारण भनेजस्तो काम हुन नसकेको मेयर पासवानले बताए । उनले अब नगरपालिकाले आफ्नै नेतृत्वमा यो वडाको विकास निर्माणको काम गर्न लागेको बताए ।
नगर प्रमुख पासवानले यहाँ उठेका गुनासोहरु अधिकांस आ.ब.०७८।७९ को वजेटले सम्बोधन गरेको हुँदा छिटो समस्याहरु समाधान हुने नगर प्रमुख पासमानले प्रतिवद्धता व्यक्त गरे । स्थानीय अगुवा छठु पासमानको अध्यक्षता सम्पन्न गुनासो सुनवाई कार्यममा अन्य जनप्रतिनिधीहरुको पनि सहभागीता रहेको थियो ।