गमक पोष्ट समाचारदाता / सप्तरी, २६ भदौ । सप्तरीको सुरुङ्गा नगरपालिकाका विभिन्न वडामा रहेका स्याहारकर्ता समुहका २ सय ३ जना आमाहरुलाई सुरक्षित सिकाई बतावरण निर्माणका लागि क्षमता विकास तालिम सम्पन भएको छ ।
सेभ द चिल्ड्रेनको सहयोग तथा सबल नेपालको आयोजनामा सुरुङ्ग नगरपालिकाको ७ र ८ नम्वर वढामा आयोजित ‘घरमा सुरक्षित बतावरणका लागि स्याहारकर्ता, अभिभावक र समुदायलाई क्षमता विकास’ सम्बन्धी ३ दिने अभिमुखिकरण तालिम सम्पन भएका छन् ।
कोरोना माहामारीको समयमा हजारौ बालबालिकाहरुको शैक्षिक गतिविधीहरुमा गम्भिर प्रभाव परिरहेकोले खेलकुद र शैक्षिक सामग्रीहरु सहित घर घरमा मिनी पुस्तकालय स्थापना समेत गराएका छन् । बालबालिकाहरुलाई अध्ययन गर्न विभिन्न प्रकारका खेलकुद तथा शैक्षिक सामग्रीहरु वितरण गरे लगतै उक्त सामग्रीहरु बालमैत्री बतावरणमा प्रयोग गर्न र गराउनकालागि आमाहरुलाई क्षमता विकास तालिम दिईएको सुरुङ्गा नगरपालिकाका नगर शिक्षा अधिकृत हिरालाल रानाले जानकारी दिए ।
सुरुङ्गा नगरपालिकाको समन्वय र सेभ द चिल्ड्रेनको साझेदारीमा सबल नेपाल सप्तरीद्वारा संचालित घरमा सुरक्षित र सिकाई कार्यक्रम अन्तर्गत संस्थाले शैक्षिक सामग्रीहरु सहयोग गरी बालमैत्री बतावरणमा प्रयोग गर्न गराउन क्षमता विकास तालिम दिईएको परियोजना अधिकृत राधेश्याम रामले जानकारी बताए । विगत दुई बर्ष देखी विश्वव्यापी रुपमा फैलिरहेको कोरोना माहामारीका कारण विशेष गरी शिक्षा क्षेत्र धारासायी बन्दै गईरहेको अवस्थामा ३ बर्ष देखी माथी र ५ बर्ष मुनीका बालबालिकालाई लक्षित गरी उनिहरुको घरघरमै मिनि पुस्तकालय स्थापना गरीएको छ र सुरक्षित रुपमा घरमै अध्ययन गर्नकालागि आमाहरुको भुमिका संजिवनी वुटी हुनेभएकोले उक्त तालिम संचालन गरेको जनाईएको छ ।
सबल नेपालका समुन्नति कार्यक्रमका परियोजना संयोजक नन्दकिशोर चौधरीका अनुसा सुरुङ्गा नगरपालिका वडा नम्वर ७ र ८ का २ सय ३ जना अभिभावक र स्याहारकर्ता आमाहरु संरक्षण र सिकाईसंग सम्बन्धित बिषयमा अन्तरक्रृयात्मक सेसनमा प्रत्येक हप्ताको १ पटक अनिवार्य रुपमा भाग लिने गरेको र समय समयमा क्षमता विकास सम्बन्धी तालिम दिएर फराकिलो सोच भएका सक्षम बालबालिकाहरु निर्माण हुने बताए ।