गमक पोष्ट समाचारदाता / वीरगञ्ज, २५ भदौ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले आर्थीक वर्ष २०७८÷०७९ को दुई महिनाको अवधिमा १ लाख ६४ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ । चालु आ.व. को श्रावण १ गतेदेखि भदौ २४ गतेसम्मको अवधिमा २ सय ८८ जनालाई कारवाही गरेर कार्यालयले उक्त राजस्व संकलन गरेको हो ।
यस अवधिमा ट्राफिक नियमको उलंघन गर्ने २ सय ८८ जना कार्वाहीमा परेको जनाएको छ । सवारी चालक अनुमति पत्र (लाइसेन्स) विना सवारी चलाउने, मादकपदार्थ सेवन गरेर सवारी चलाउने, हेल्मेट नलगाउने, क्षमताभन्दा बढी यात्रु सवार, जिकज्याक गरेर चलाउने, तिव्र गतिमा चलाउनेहरुकै कारण सवारी दुर्घटना बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक सुमन कार्कीले जानकारी दिए ।
प्रमुख प्रहरी निरीक्षक कार्कीका अनुसार गत आ.व.मा पर्सा जिल्लामा जम्मा १ सय १४ वटा सवारी दुर्घटना भएकोमा १ सय १ वटा मोटरसाइकल दुर्घटनामा परेका थिए । ति दुर्घटनामा परी २८ जनाको मृत्यु हुनुका साथै ४८ जना गम्भिर घाइते भएका थिए । यस अवधिमा १ सय २ जना सामान्य घाइते भएको जिल्ल ट्राफिक प्रहरी कार्यालय पर्साको तथ्यांकमा उल्लेख छ ।
दुर्घटनालाई कम गर्ने अभिप्रायले वीरगञ्जको आदर्शनगर, लक्ष्मणवा, इदगाह, रेल्वे रोड, राधेमाई, सिरसिया, तिलावे पुल, नगवा, घडिअर्वा, मालपोत चोक लगायतका स्थानमा नियमित चेकजाँच भइरहेको प्रहरी निरीक्षक कार्कीले बताए । उनका अनुसार बेला बेलामा विभिन्न चोकहरुमा सरप्राईज चेकिंग समेत भइरहेको छ ।
सवारी दुर्घटना न्युनिकरणका लागिजनचेतना र चेकिंगमा कडाई गर्नु बाहेक अरु कुनै विकल्पनभएको कार्की बताउँछन् । उनी भन्छन्, ‘हामीले जनचेतनाकालागिविभिन्नपर्चा पम्पलेट वितरण गर्छाै, ट्राफिक नियमको बारेमा लेखिएकाहोर्डींग बोर्ड तथाब्यानरहरु लगाउँछौ । सबैलाई सम्झाउँछौ, तर पनिलापरवाहीकमीभएको छैन ।’