गमक पोष्ट समाचारदाता सिरहा, २५ भदौ । पशुपति टेक्नो ड्रिलिङ्का सञ्चालक लादुलाल गुर्जरले गोलबजारका व्यवसायी फुलेश्वर नायकले आफ्नो लाखौंको समान जवरजस्ती हड्पेको बताएको छ । गुर्जरले नायकको गोलबजार नपा ४ मा रहेको सर्टर भाडा लिएर राखिएको बोर्डिङ गाड्न प्रयोग हुने लाखौं मूल्यको उपकरणहरु हड्पेको बताएको हो ।
भारत राजेस्थान प्रान्त, भिलवाडा जिल्लाका लादुलालले बोर्डिङ रिपेरिङ शाखा खोल्नका लागि २०७५ फागुन २ गते नायकको घर भाडामा लिएका थिए । सटरमा ड्रलरड ३५ थान, लायन ८ इन्चको १० थान, विट १२ इन्चको ४ थान, १७ इन्चको ३ आर आर विट, ग्यरबक्स २ थान, वासिङ सर्भिस मेसिन १ सेट, ३ एचपीको १० थान पानी तान्ने मोटर, कोलम्प पाइप २ सय थान, १० एचपीको पुरानो मोटर ३ थान, १५ एचपीको पुरानो मोटर, बोरिङ मेसिन, हाइड्रोलिक पम्प सहित २० लाख भन्दा बढीमूल्यको उपकरणहरु रहेको थियो ।
उनले सम्पूर्ण तयारी गरेर उनले उद्घाटन गर्ने बेलामा कोरोना महामारीका कारण लकडाउन भएपछि आफू घर गएको बताए । आफू घर गएको मौका छोपेर नायकले सटरको ताला फोडेर सवै सामान चोरी गरेको आरोप लगाएको छ । उनले नायकसँग आफू नियमित सम्पर्कमा रहेको र ६ महिनाको अग्रिम एडभान्स समेत दिएको बताए ।
यतिमात्र हैन नायकसँग करिव एक वर्ष पार्टनरसिपमा कामगरेको हिसाव समेत नदिएको बताएको छ । सो अवधिमा विभिन्न पालिका, भूगत जलस्रोत र खानेपानीको करिव ३८ वटा बोर्डिङ जडान गरेको हिसाव समेत नदिएको लादुलालले जानकारी दिए ।
परिस्थिति सहज भएपछि आफू आएर सामान र हिसाव माग्दा गाली व्यइज्जती गर्ने र मारपिट गर्ने सम्मको धम्किसम्म दिएको उनले बताए । उनलेभने, ‘भारतबाट आउने वित्तिकै सर्टर फोडेको विषयमा सोध्दा र हिसाव माग्दा हिसाव भईहाल्छ भन्दै अलमल्याय पछि आएर गालि गर्ने, कुटपीटको धम्की दिने गरेको छ ।’ स्थानीय प्रशासनलाई गुहार्दा पनि आल टालगर्ने गरेको उनले गुनासो गरे ।
यता, गोलबजारका व्यवसायी फूलेश्वर नायकले सवै हिसाव व्यपारसंघ गोलबजारको जिम्मा लगाईसकेको बताए । उनले भने, ‘व्यपार संघमा कुरा गईसकेको छ, अव उतैबट जे पाउनु पर्ने हो सवै पाउँछ । लेन देनको आवश्य कागजात अध्यक्षकोमा गएको छ । उनले लिनु दिनुपर्ने जे छ अव त्यही बाट हुन्छ ।’