गमक पोष्ट समाचारदाता / सिरहा, २२ भदौ । सिरहामा १४ वर्षीया बालिकासँग बालविवाह गरी बलात्कार गरेको कसुरमा एक युवलाई तीन वर्ष कैद फेसला सुनाएको छ । जिल्ला अदालत सिरहाले कल्याणपुर ९ का २३ वर्षीय बरुण यादवलाई १४ वर्षिय बालिकासँग बालविवाह गरी बलात्कार गरेको ठहर गर्दै न्यायाधीश प्रकाश खरेलको इजलासले ३० हजार रुपियाँ जरिबाना सहित कैद फैसाला गरेको हो ।
पीडित बालिकालाई यादवले ०७७ वैशाख १४ गते ललाइफकाइ बालविवाह गरी बलात्कार गरेको आरोपमा पीडित परिवारले इलाका प्रहरी कार्यालय मिर्चैयामा वैशाख २८ गते उजुरी दिएका थिए ।
सोही आधारमा पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा वैशाख २८ गते भएको थियो । सोही दिन प्रहरीले आरोपितलाई नियन्त्रणमा लिएको थियो । जिल्ला अदालतको आदेशमा जेठ १९ गतेदेखि यादव पुर्पक्षका लागि थुनामा रहदै आएको प्रहरीले जनाएको छ ।