गमक पोष्ट समाचारदाता / लहान, २१ भदौ । अनेरास्ववियु क्रान्तिकारीको सखुवानन्कारकट्टी गाउँपालिकाको प्रथम सम्मेलन सम्पन्न भएको छ । भेलाले देवेन्द्र पासवानको अध्यक्षतामा सर्वसम्मत ३१ सदसिय पालिका कमिटी गठन गरेको छ । कमिटिको उपाध्यक्षमा उमेश साह र सचिव राजाराम यादव सर्वसम्मत रुपले चैन भएको छ ।
सम्मेलनमा प्रमुख अतिथि अनेरास्ववियु क्रान्तिकारी केन्द्रीय उपाध्यक्ष रबि किरण यादव, विशिष्ट अतिथि केन्द्रीय सदस्य तथा प्रदेश २ को सह–संयोजक पुजन सिंहले नव गठित कार्यसमितिलाई कार्यकाल सफलताको शुभकामना दिएका दिए ।
सोही क्रममा केन्द्रीय सदस्य तथा सिराहा जिल्ला ईन्चाज शिवम् साह, नेकपा माओवादीले केन्द्रका नेता बालेशवर साह, अनेरास्ववियु क्रान्तिकारी जिल्ला अध्यक्ष भोला यादव, राम पुकार यादव, बिवेकान्द यादव विरेन्द्र सिंह, रविन सिंह , राम उदगार यादव, पारश लगायतको उपस्थिति रहेको थियो । उनीहरु सवैले नवगठित समितिलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।





















