गमक पोष्ट समाचारदाता / सर्लाही, २० भदौ । प्रदेश न–२ मै पहिलो पटक सर्लाहीको ईश्वरपुरमा जिल्ला स्थानीय पावर लिफ्टिंग (भारत्तोलन) प्रतियोगिता सम्पन्न भएको छ । गोल्ड फिटनेस सेन्टर ईश्वरपुरको आयोजनामा पुरुष तर्फ जुनियर, सब सिनियर र सिनियर तिनवटै तहको प्रतियोगिता सनिवार सम्पन्न भएको हो ।
ईश्वरपुर नगरपालिका ६ बयलबासमा आयोजना भएको प्रतियोगितामा आयोजक क्लब सहित राइजिंग युवा क्लब मलंगवा, युनाइटेड फिटनेस सेन्टर लालबन्दी र तराई बुल्स क्लबका खेलाडीहरुले भाग लिएका थिए । प्रतियोगितामा सिनियर तर्फ प्रथम, दुतिय र तृतीय क्रमशः मिलन मगर, निरज सर्राफ र डिक बहादुर भएका छन् । यस्तै सब सिनियर तर्फ सत्यमन लोप्चन, नयन जेना र देवेन्द्र श्रेष्ठ त्यस्तै जुनियर तर्फ सन्तोष साह, धर्मेन्द्र राम र रंजित मगर क्रमश प्रथम दुतिय तृतीय भएको आयोजक संस्थाका इभेन्ट मेनेजर चाँद मिकरानीले जानकारी दिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा ईश्वरपुर नपाकाका नगरप्रमुख मनोज देवकोटाले विद्यालय, खेलकुद क्लब तथा पालिकाहरुले अन्य सबैखाले खेलकुद प्रतियोगिताहरुको आयोजना गर्दै आएको भएपनि प्रदेश न–२ मै पहिलो पटक भारातोलन प्रतियोगिताको आयोजना सर्लाहीको ईश्वरपुरमा गरिएकोले आगामी दिनमा पनि यसलाई निरन्तरता दिन सुझाव दिंदै आयोजक कमिटीले तथा बिजेता खेलाडीहरुलाई बधाई दिएका थिए ।
प्रतियोगितालाई परी हार्डवेयर, नव प्रयास बचत तथा सहकारी संस्था, मनोज आचार्य फाउन्डेसन र ईश्वरपुर मनकामना इंग्लिस स्कुलले प्रायोजन गरेर प्रतियोगितालाई सफल बनाउन सहयोग गरेका थिए । पहिलोपटक भारत्तोलन प्रतियोगिता प्रत्यक्षरुपमा हर्न पाउँदा दर्शकहरु निकै उत्साहित देखिएका थिए ।