गमक पोष्ट समाचारदाता / वीरगञ्ज, १९ भदौ । वीरगञ्ज महानगरपालिका ९ मा शनिवार एक कार्यक्रमका बिच निःशूल्क सिलाईकटाई तालिमको उद्घाटन गरिएको छ । वडा अध्यक्ष मनोज कुमार कलवारले औपचारिक रुपमा ३० जना महिलाहरुका लागि एक महिनो सिलाई कटाई तालिमको उदघाटन गरेका हुन् ।
वडाका महिलाहरुलाई सिप सिकाएर आत्मनिर्भर बनाउने अभिप्रायले सिलाईकटाई तालिमको आयोजना गरिएको अध्यक्ष कलवारले बताए ।
यस अघि पनि आयोजना गरिएको सिलाईकटाई तालिमबाट शतप्रतिशत उपलब्धी भएको ठहर गर्दै यस वर्ष पनि सरिता सिपकला केन्द्रको सहकार्यमा तालिमलाई निरन्तरतादिइएको अध्यक्षकलवारको भनाई छ ।
तालिमसिकेर महिलाहरुले आय आर्जन गर आफ्नो निजीखर्चको लागि आफै सक्षमहुने वडाका अधिकृत राजीव गिरीको विश्वास छ ।
एक महिनो प्रशिक्षण पश्चात ३० जना महिलाहरुलाई सिलाई मेशिनसहित प्रमाणपत्र वितरण गरिने सरिता सिपकला केन्द्रकी अध्यक्ष सरिता गुप्ताले बताईन् ।
कार्यक्रममा राजेश कुमार गुप्ता, वडा सदस्य कौशल किशोर बर्णवाल, दिलमाया श्रेष्ठ, प्रशिक्षक पुनम पटेल, संयोजक अभिजित चौधरीलगायतको उपस्थिती रहेको कार्यक्रम सहयोगी बंशीधर गुप्ताले जानकारी दिए ।