गमक पोष्ट समाचारदाता / सिरहा, १० भदौ । सिरहा प्रहरीले फरक फरक मुद्दामा वर्षौँ देखि फरार अपराधीलाई आज पक्राउ गरेको छ । प्रहरीले जिल्ला अदालत सिरहाबाट कैद तथा जरिवाना तोकिएका अपराधीलाई पक्राउ गरी जिल्ला अदालतमा बुझाइएको हो ।
पक्राउ पर्नेमा लागूऔषध मुद्दामा पाँच बर्ष कैद र ३ लाख १ हजार ९ सय २५ रुपैयाँ जरिवाना गरिएका सिरहाको भगवानपुर गाउँपालिका २ का २१ वर्षिय विष्णुदेव दास र नागरिकता सम्बन्धी मुद्दामा नौ महिना कैद तोकिएका जिल्ला सिरहा धनगढीमाई नगरपालिका ५ का ५९ वर्षिय राम प्रसाद महरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कर्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले जानकारी दिए । उनीहरुलाई आफ्नै घरमा लुकिछिपी रहेको अवस्थामा पक्राउ गरिएको बताएको छ ।