गमक पोष्ट समाचारदाता / जनकपुर, ८ भदौ । धनुषा प्रहरीले आफ्नै बुबा र श्रीमतीको हत्या आशंकामा एक युवकलाई नियन्त्रणमा लिएको छ । मिथिला बिहारी नगरपालिका ५ ललियाका २७ वर्षीय भागेश्वर मण्डललाई आफनै बुवा ५५ वर्षीय रामवृक्ष मण्डल र श्रीमती २४ वर्षीया अम्रिकादेवी मण्डलको हत्या गरेको आशंकामा प्रहरीले नियन्त्रणमा लिएको हो ।
दुबैजनाको शव घर छेउमै गाडेको आशंकामा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।JVM SCHOOL 333 1 maunt school 333
स्थानीयका अनुसार भागेश्वरले मंगलबार बिहानै छरछिमेकलाई आफ्नो बुबा र श्रीमीती बेपत्ता भएको बताएका थिए । त्यसपछि स्थानीयले खोजबिन गर्दा घर छेउमै खाडल खनेर पुरेको जस्तो आलो माटो देखेपछि प्रहरीलाई खबर गरिएको बताइएको छ । स्थानीयको खबरपपछि तुरुन्तै पुगेको प्रहरीले भागेश्वरलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
भागेश्वरले पनि बुवा र श्रीमतीको हत्या गरेर गाडेको बयान प्रहरीलाई दिएका एक प्रहरीले बताए । घटनास्थलमा हाल ललिया प्रहरीचोकी र जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी जितेन्द्र बस्नेतको टोलि पुगेको छ । शव गाडेको भन्ने स्थानको उत्खनन कार्य भइरहेको प्रहरीले जानकारी दिए ।
स्थानीयका अनुसार भागेश्वर एक वर्ष अघि वैदेशिक रोजगारीबाट घर फर्केका हुन् । घर फर्केपछि उनले बुबा र श्रीमतीबीच अनैतिक सम्बन्ध रहेको आशंका गर्दै आएका थिए । जसको कारण उनको पत्नीसँग दिनहुँ झगडा हुँदै आएको गाउँलेहरुले बताए । भागेश्वर र अम्रिकादेवीका दुई छोराछोरी छन् ।