गमक पोष्ट समाचारदाता / रसुवा , ३ भदौ । अविरल वर्षाका कारण रसुमा गएको पहिरोमा घर पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएका छन्, भने एकजना घाइते भएका छन् । जिल्लाको नौकुण्ड गाउँपालिका ५ कोलडाँडाका ३२ वर्षीया कमला गलान, छोरी ११ वर्षीया सोफीका गलान, आठ वर्षीया सुकमाया गलान र सात वर्षीय छोरा आशीष गलानको पहिरोले घर पुरिदा मृत्यु भएको हो ।JVM SCHOOL 333 1 maunt school 333
विहानपख करिब ३ बजे घरभन्दा ५० मिटर माथिबाट पहिरोसँगै झरेको लेदोले घर पुरिँदा सुतिरहेका अवस्थामा चारै जनाको घटनास्थलमै मृत्यु रहेको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिए ।
घरभित्र सुतेका श्रीमती, छोरा, छोरी सबै पुरिएको र बाहिर सुतेका श्याम गलान घाइते अवस्थामा भेटिएका थिए । उनको छाती तथा गर्धनमा गम्भीर चोट लागेको अचेत अवस्थामा उद्धार भएको र उनको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ ।
सवै शव परीक्षणका लागि नुवाकोटस्थित त्रिशूली अस्पताल लगिएको छ । आज बिहानैदेखि स्थानीय बासिन्दा, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसमेतको खोज उद्धार टोलीले अपराह्न चारै जनाको शव फेला परेको थियो ।

indira jal 333