गमक पोष्ट समाचारदाता / सप्तरी, ३ भदौ । सप्तरीको सुरुङ्गा नगरपालिकाले सबै वडा जोड्ने गरी चक्रपथ निर्माण कार्यलाई तिब्रता दिएको छ । नगरपालिका भित्र रहेको सबै वडाहरुलाई जोड्न करिव २५ किलो मिटरको चक्रपथ निर्माण कार्य जारी रहेको नगर प्रमुख मुतिmनाथ चौधरीले बताएका छन् ।
उक्त चक्रपथमा यो बर्ष माटो र ग्राभेलको काम सकिने र आउंदो बर्षमा स्तरोन्नतीको कार्य गर्ने उनले जानकारी दिए । नगरका ११ वटै वडामा ३० फिट र २० फिट चौडाई हुने गरी व्यवस्थित सडक निर्माण कार्य समेत गर्न थालिएको छ । सडक निर्माणका साथै सुरुङ्गा नगरपालिकाले गाउं टोलमा विजुलीवती पुरयाउंने कार्य समेत भएको प्रमुख चौधरीले बताए ।
मेयर चौधरीले भने, ‘विकास लक्ष्य पूरा गर्न जनताले मलाई मेयर बनाएको हो । यसैले जनताको माँग पूरा गर्न विकास निर्माण कार्यमा अलिकति पनि पछाडि हटदैनौं ।’ सडक निर्माणपछि सुरुंगा नगरपालिका दुरदराजमा रहेका जनता आयआर्जन, रोजगारी, उच्च शिक्षा, स्वास्थ्य जस्ता समस्याबाट निराकरण पाउंने नगरप्रमुख चौधरीले जानकारी दिए । प्रत्येक घरको अगाडि एम्बुलेन्स पुग्ने गरी सडक निर्माण गरिएको जनाएको छ ।
प्रमुख चौधरीले संचारकर्मीसंग कुराकानी गर्दै भने, ‘सामाजिक विकृति विरुद्ध नगर पालिकाले अभियान नै चलाएको छ । मदिरा सेवन गरेर घरेलु हिंसा हुने गरेकोले यस्ता क्रियाकलापलाई रोक्न सुरुंगा नगरपालिकाले अभियान नै चलाएको छ । अभियान अन्तरगत नगरक्षेत्रमा बेलुका साढे ८ बजेभित्र मदिरा पसल बन्द गर्नुपर्ने प्रावधान तयार गरेको छ । मदिरा सेवन गरेर बाटोघाटो होहल्ला गर्ने दर्जनौलाई सचेत गराउंदै कारवाहीतर्फ समेत गरिएको छ । अभियानलाई निरन्तरन्ता दिंदै भविष्यमा मदिरा निषेधित क्षेत्र घोषण गर्ने योजना लिएको छ ।’
समाजिक वतावरणलाई मध्यनजर गरी सुरुंगा नगरपालिकाले अहिलेसम्म डिजे बजाउंने धेरैलाई कारवाही गरिसकेको छ । कारवाही स्वरुप जनही एक एक हजार जरिवना काटिएको हो । डिजे निषेधित क्षेत्र घोषणा गर्न आवश्यक तयारी भइरहेको उनले बताए । वातावरण स्वच्छ राख्न नगरपालिका अभियान जारी राखेको छ । शान्ति सुरक्षाको लागि नगरपालिकाको राजमार्ग र बजार क्षेत्रमा सिसिटिभी क्यामरा जडान गरिएको छ ।ठाँउठाँउमा सोलार बती समेत जडान गरिएको छ ।
शैक्षिक सुधारका लागि सुरुंगा नगरपालिकाभित्र रहेका हरेक बालबालिकालाई स्कूलसम्म पुरयाउंन भर्ना अभियान तिब्र पारेको छ । जेठभित्र हरेक बालबालिका विद्यालय भर्ना गराइहाल्ने योजनाबद्ध अभियान समेत चलाएको छ । विद्यालयमा शिक्षक अनुपस्थिति र उपस्थितिको लागि इलेक्ट्रोनिक हाजिरी गराउंन थालेको मेयर चौधरीले बताए । विद्यालयमा विद्या र कार्यक्रमको लागि पूर्व तयारीको निम्ति शैक्षिक क्यालेन्डर नै प्रकाशन गरिसकेको प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माले बताए । जनताको माग अनुरुप सुरुंगा नगरपालिकाभित्र चाडै इन्जिनियरिगं कांलेजको स्थापना गरिने भएको छ ।
जनताको स्वास्थ सेवा सुविधाको लागि सुरुंगा नगरपालिकाले समयमा खोप र स्वास्थ्य शिविरहरु संचालन गर्ने भएको छ । दर्जनौ स्वास्थ्य सम्बन्धि चेतनामुलक कार्यक्रमहरु संचालन गरिसकेको स्वास्थ्यकर्मी भुषण सुनरैतले जानकारी दिए ।