गमक पोष्ट समाचारदाता / वीरगञ्ज, २ भदौ । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले कोभिड १९ नियन्त्रणका लागि माक्स लगाउन जरुरी रहेको बताए । वीरगञ्ज मास्क अभियानलाई सफलपार्न वीरगञ्ज महानगरपालिका र चाओसती ग्रुपको सहयोगमा नेपाल युवा उद्यमी मञ्च वीरगञ्ज च्याप्टरले राखेको चेतनामुलक सन्देश दिने होर्डिङ्ग वोर्ड अवलोकन गर्दै सन्देश मुलक सूचनाले सर्वसाधारणलाई माक्स लाउन अभिप्रेरित गर्ने मेयर सरावगीले बताका हुन् ।
नेपाल युवा उद्यमी मञ्च वीरगञ्ज च्याप्टरले ‘म पनि मास्क लगाउँछु र अरुलाई पनि मास्क लगाउन प्रेरित गछु’ भन्ने स्लोगन सहितको होर्डिङ्ग वोर्ड वीरगञ्जको ३ स्थानमा रखेकाका छन् ।
महानगरप्रमुख सरावगीले होर्डिङ्ग बोर्डले चेतनामुलक सन्देशकालागि महत्वपुर्ण भुमिका खेल्ने बताए । उनले भने, ‘अब मास्कको विकल्प छैन । लापरवाही नगरौं । नत्र तेस्रो चरणको कोभिडले हामिलाई पछुताउने मौका समेत नदिन सक्छ ।’ खुला सीमाना भएको जिल्ला भएर पनि अझै जोखिम हुनुपर्नेमा छिमेकी राष्ट्र भारतमा सबैले भ्याक्सिन लिएको हुँदा पनि अहिले संक्रमण दर कम भएको हुन सक्ने सरावगीको भनाई छ ।
आर्थीक, शैक्षिक लगायतका गतिविधिलाई चलायमान बनाउनकालागि पनि मास्क अनिवार्य भएको बताउँदै नगरप्रमुख सरावगीले सबैको सहयोगमा असहज अवस्थाको अन्त्य गर्न सकिने बताए । विस्तारै सवैक्षेत्र सामान्य अवस्थामा फर्किरहेको भएपनि लापर्वाही गर्ने अवस्था नरहेको बताए ।
त्यसैगरी, सबैलाई सुरक्षित राख्नुका साथै आफु पनि सुरक्षित रहेर वीरगञ्ज मास्क अभियानलाई सफल पार्न पनि नगरप्रमुख सरावगीले अपिल गरेका छन् ।
नेपाल युवा उद्यमी मञ्च वीरगञ्ज शाखाले सञ्चालन गर्ने हरेक गतिविधि सह्रानीय एवम् अनुकरणीय भएको बताउँदै नगरप्रमुख सरावगीले आगामी दिनमापनि मञ्चसँग महानगरपालिकाले सहकार्य गर्दै सामाजिक क्रियाकलापलाई निरन्तरता दिने दृढता व्यक्त गरे ।
कार्यक्रमको बारेमा प्रकाशपार्दै नेपाल युवा उद्यमी मञ्च वीरगञ्जका अध्यक्ष अनुप अग्रवालले उद्यमीसँगै जिम्मेवार नागरिक भएको नाताले सन्देश फैलाउने र सर्वसाधारणलाई सचेत बनाउने प्रयास गरेको बताए ।
मास्क लगाउनुपर्छ भन्ने थाहा भएकाहरुबाट नै लापरवाही बढेको इंकितगर्दै अध्यक्ष अग्रवालले आफ्नो लापरवाहीका कारण अरुलाई हानीपुग्ने कार्य नगर्नुपर्ने धारणा राखे ।
वीरगञ्जको आदर्शनगरसँगै माइस्थान र मकालु चौकमा लगाइएको सचेतनामुलक होर्डिङ्ग बोर्ड आगामीदिनमा अन्य स्थानमा पनि विस्तार गर्दै जाने अग्रवालले बताए ।
कार्यक्रममा ग्रिनसिटी सामुदायीक सेवा केन्द्र आदर्शनगरका अध्यक्षजयप्रकाश खेतान, प्रहरी चौकीआदर्शनगरका प्रहरी नायब निरीक्षक (सई) हिरा बहादुर बुढाथोकी, व्यवस्थित वीरगञ्ज अभियानका संयोजक दिलिप राज कार्की लगायतले मास्क अभियानलाई सफल पार्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोर्ड लगाउने स्थान उपलब्ध गराउने चाओसती ग्रुपका सञ्चालक पवनकुमार रुङ्गटा, ज्योती रुङ्गटा, पत्रकार सुरेश बिडारी, ओमप्रकाश खनाल, नेपाल युवा उद्यमी मञ्च वीरगञ्जका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो ।
नेपाल युवाउद्यमी मञ्च वीरगञ्जका प्रथम–उपाध्यक्ष राकेश झाले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजिकरण सञ्चारकर्मी सूर्य नारायण वि.क.ले गरेका थिए ।