गमक पोष्ट समाचारदाता / सर्लाही, २ भदौ । सर्लाहीमा तीन दिनदेखि हराइरहेकी एक किशोरी शव फेला परेको छ । साउन ३१ गतेबाट हराइरहेकी जिल्लाको लालबन्दी नगरपालिका १७, रानीगंज निवासी राजन भुजेलकी १६ बर्षीया छोरी प्रियंकाको शव लालबन्दी नगरपालिकाकै ६ नम्वर वडाको कालिन्जोर खोलामा फेला परेको हो ।
हराएकै दिनदेखि खोजिकार्य भईरेका उनको शव घर देखि करिव ३ किलोमिटर पर कालिन्जोर खालामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डिएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
प्रियंका हराएको भोलिपल्ट साउन ३२ गतेमात्र परिवारजनले इलाका प्रहरी कार्यालय लालबन्दीलाई जानकारी गराएको थियो ।
डीएसपी बुढाथोकीले शव सडेको अवस्थामा फेला परेको बताए । ‘मृत शरीरमा त्यस्तो निलडाम र घाउ देखिएको छैन’ उनले भने, ‘शव केही सडेको देखिएको छ ।’
शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलगंवा पठाइएको छ । घटनाबारे अनुसन्धान भईरहेको बताउँदै प्रहरीले पोष्टमार्टम रिपोर्ट पछि अनुसन्धान थप सहज हुने बताए ।