गमक पोष्ट समाचारदाता / वीरगञ्ज, १ भदौ । पर्साको सखुवाप्रसौनी गाउँपालिका ५ कौवाबन कटैया निवासी सीमाकुमारी राम कक्षा ३ मा अध्ययरत छिन् । कोरोना भाइरसको महामारीका कारण शैक्षिक संस्था बन्द भएपछि सीमा जस्तै थुप्रै विद्यार्थीहरु घरमै बस्न विवशभए ।
घरमै नेट भएका र हातमा स्मार्ट फोन भएकाहरुले अनलाईनमार्फत अध्ययनलाई निरन्तरता दिए पनि न्युनआर्थीक अवस्था भएका विद्यार्थीहरु घरायसी कामकाजमा व्यस्तहुनुको विकल्पथिएन । यस्तै अकल्पनीय अवस्थालाई मधयनजर गर्दै पिस फर दलित फाउण्डेशनद्वारा २०७७ सालको कार्तीक महिनादेखि निःशूल्क ट्युसनकक्षा सञ्चालनभयो । पुस ५ गतेदेखि सखुवा प्रसौनी गाउँपालिका ३ कटैया दलित वस्ती, जिराभवानी गाउँपालिका ४ सुपौलीगाउँको दलित वस्ती, वीरगञ्ज महानगरपालिका १९ बिन्दवासीनी केहुनियाको दलित वस्ती गरी ४ ठाउँमा ट्युसनकक्षा सञ्चालनभयो ।
निःशूल्क रुपमाकक्षा सञ्चालन भएदेखि ति क्षेत्रका गरिब, विपन्न एवम् न्युन आर्थीक अवस्थाका बालबालिकाहरुलाई अध्ययन गर्न सहजभएको छ । झण्डै १० महिनादेखि सञ्चालीत निःशूल्क ट्युसनबाट हाल ३ सय ७० जना बालबालिका लाभान्वित भएका छन् । सीमा अचेल बिहानै उठेर तयार भएर ६ बजे ट्युसनकालागि जान्छिन् ।
बिहान ६ बजेदेखि ८ बजेसम्म चल्ने ट्युसनमा कक्षा १ देखि ८ कक्षासम्मका विद्यार्थीहरु सहभागीहुने गरेको कौवाबन कटैयाका शिक्षक परमानन्द रामले बताए । निःशूल्क रुपमा पढ्न पाएपछि महुवनकै कन्हैया कुमार रामले खुशीव्यक्त गरेका छन् । उनले भने, ‘विद्यालय नखुलेपनि अहिले ट्युसन चल्दा बिहानको २ घण्टा अध्ययनमा व्यस्तहुँदा दिनभरी घरायसी काम र स्वअध्ययनमा व्यस्तहुने गरेको छु ।’ कक्षा ५ मा अध्ययनरत राजन रामले पनि निःशूल्क ट्युसनले धेरै कुरा सिक्नपाएको प्रतिक्रिया दिए ।
मुख्य गरी विपन्न दलित विद्यार्थीलाई मध्यनजर गर्दै ट्युसन सञ्चालन गरिएपनि गरिब एवम् विपन्न गैर दलितविद्यार्थी पनि आउन सक्ने फाउण्डेशनका अध्यक्ष एवम् दलित अगुवा मनोज रामले बताए ।
पर्सा जिल्लाको ४ स्थानमा दलित बालबालिकाको लागि निःशूल्क ट्युसनकक्षा सञ्चालन गरिएको छ । पिस फर दलित फाउण्डेशनको सहयोगमा कमजोर आर्थीक अवस्था भएका दलित समुदायका बालबालिकाको लागि निःशूल्क ट्युसन कक्षा सञ्चालन गरिएको फाउण्डेशनका अध्यक्ष मनोज रामले जानकारी दिए ।
रामका अनुसार पर्साको सखुवाप्रसौनी गाउँपालिका ५ महुवनमा १ सय १० जना, वडा नम्बर ३ कौवाबन कटैयास्थितदलित वस्तीमा ५५ जना, जिराभवानी गाउँपालिका ४ सुपौलीगाउँको दलित वस्तीमा १ सय १० जना र वीरगञ्ज महानगरपालिका १९ बिन्दवासीनी केहुनियाको दलित वस्तीमा ९५ जना विद्यार्थीहरुले निःशुल्क ट्युसन कक्षा लिईरहेका छन् ।
निःशुल्क ट्युसन कक्षाबाट आफ्ना छोराछोरीहरुले बिहानको २ घण्टा सदुपयोग हुनुका साथै गृहकार्य गर्दा अध्ययन गर्ने बानीको विकास भएको अभिभावक श्यामकिशोर रामले बताए ।
४ ठाउँमा गरेर १२ जना गैरदलित विद्यार्थीहरु आउने गरेको फाउण्डेशनका अध्यक्ष रामले जानकारी दिए । रामका अनुसार शुरुमा १० जनाविद्यार्थीको उपस्थितीमा महुवनबाट शुरु गरिएको ट्युसन अहिले ४ ठाउँमा सञ्चालन भइरहेको छ । आगामीदिनमा अरु स्थानमा पनि ट्युसन कक्षा विस्तार गर्दै जाने रामले जानकारी दिए ।