गमक पोष्ट समाचारदाता / सप्तरी, १ भदौ । सप्तरीमा छुट्टाछुट्टै भएको घटनामा परि दुई जनाको मृत्यु भएको छ । माछामार्ने क्रममा पोखरीमा डुवेर खडक नगरपालिका–३ बानरझुलाका २१ वर्षीय सन्तोष कुमार ठाकुर मृत्यु भएको हो ।
माछा मार्ने क्रममा पोखरीमा डुबेर गम्भीर घाइते भएका ठाकुरको उपचारका स्वास्थ्य संस्था लानेक्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।maunt school 333
त्यस्तै, सप्तरीकै कञ्चनरुप नगरपालिका १० बदगामाका २५ वर्षिय बैजु यादवको करेन्ट लागेर मृत्यु भएको छ । छिमेकी केशी पासवानको घरमा काम गर्न गएको बेला अचानक करेन्ट लागेर गम्भीर घाइते भएका यादवलाई उपचारको लागि तत्काल राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याइएको भए पनि उपचारका क्रममा ज्यान गएको सप्तरी प्रहरीले जनाएको छ ।
मृतक दुवैको शव पोष्टमार्टमको लागि गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

indira jal 333