गमक पोष्ट समाचारदाता / वीरगञ्ज, ३२ साउन । वीरगञ्जस्थित नारायणी अस्पतालमा अख्तियारले छापा मारेको छ । अख्तियार दुरुपयोग अनुसन्धानआयोग हेटौडोको टोलीले सोमवार अस्पतालमा छापामारी गरेको हो ।
आयोगका उपसचिब विष्णु प्रसाद सापकोटाको नेतृत्वमाआएको ५ सदस्यीय टोलीले अस्पतालमा १ करोड २० लाखभन्दा धेरै रकम अनियमितता भएको भन्ने खबरको आधारमा छापामारी गरेको जनाएको छ ।JVM SCHOOL 333 1
केहीदिन अघि नारायणी अस्पतालको फार्मेसीमा करिब १ करोड २० लाख रकम हिनामिना भएको भन्ने खबर सार्वजनिक भएपछि अस्पताल अख्तियारको नजरमा परेको रहेको बताइएको छ । टोलीले अस्पतालको लेखा शाखा, स्टोर र फार्मेसीमा छापामारी गरेर आवश्यक लगत जफत गरेको छ ।maunt school 333
यसका साथै विगत देखिको औषधी खरिदको बिलसहित अन्य महत्वपूर्ण कागजातसमेत टोलीले नियन्त्रणमा लिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. बीरेन्द्र बहादुर प्रधानले जानकारी दिए । छापामारीको क्रममा अस्पतालका नियमित सेवाहरुमा कुनै बाधाअवरोध नभएको डा. प्रधानले बताए ।

indira jal 333