गमक पोष्ट समाचारदाता / वीरगञ्ज, ३१ साउन । शनिवार राती देखि परेको अविरल वर्षाले वीरगञ्जका कतिपय वस्ती र बजार डुबानमा परेका छन् । वर्षाका कारण वीरगञ्जको राधेमाई, श्रीपुर, मुर्ली, पानीट्यांकी, रानीघाट, अशोकबाटीका, आदर्शनगर, नगवा, छपकैया लगायतका क्षेत्रकाजनता डुबानमा परेका हुन् ।
विगत लामो समयदेखि वीरगञ्ज महानगरपालिकासहित सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदापनि सम्बन्धीत निकाय मौनले यो क्षेत्र डुवानमा पर्दै आएका छन् । वीरगञ्जको अधिकांश सडक तथा बस्तीहरु वर्षाका कारण डुबानमा पर्दा नागरिकको दैनीकी नै कष्टकर बनेको छ ।maunt school 333

JVM SCHOOL 333
विश्व बैंकको सहयोगमा वीरगञ्जमा शहरी विकासले नाला निर्माण गरेपनि त्यसको प्रभावकारीता र उपलब्धीभने शुन्य छ । कतिपयले भने नाला निर्माणमा प्राविधिक त्रुटी भएको भनेर प्रश्न समेत उठाउँदै आएका छन् । वर्षाका कारण विशेष गरी रानीघाटदेखि सिडिओ अफिससम्मको क्षेत्रमा आवतजावतमा समेत कठीनाई हुने गरेको स्थानीय बताउँछन् ।
यसका साथै आदर्शनगर चौकदेखि ठाकुरराम क्याम्पससम्मको सडकमा पनि सवारी साधन, पैदल यात्रुहरुलाई सकस हुने गरेको यात्रुहरुको गुनासो छ । यतिमात्रै नभएर वर्षातको समयमा डुबान हुँदा आदर्शनगर क्षेत्रका पसल एवम् गोदाममा समेत पानी पस्दा वर्षेनी लाखौ मुल्य बराबरको नोक्सानीहुने गरेको सो क्षेत्रका व्यवासायी अभिषेक रुंगटाले दुखेसो पोखे ।
बजेट सक्ने उद्देश्यले हतारमा विकास र फुर्सदमा पश्चातापभनेजस्तै गुणस्तरहिन सामाग्रीको प्रयोग गरेर गुणस्तरहिन विकास निर्माण गरेकै कारण डुबान जस्ता समस्या आमनागरिकले झेल्नु परेको छ । असारे विकासको परिमाणस्वरुप नै डुबानको चपेटामा नागरिकले सास्ती खेप्नुपर्ने परिपाटीको अन्त्यहुनुपर्ने पर्सेलीजनताको माँग छ ।

indira jal 333