गमक पोष्ट समाचारदाता / सिरहा, ३० साउन । सिरहा जिल्ला अदालतले आफ्नै श्रीमतीलाई आगो लगाई हत्या गरेको कसुरमा एक युवकलाई आजिवन कारावासको फैसला गरेको छ । औरही गाउँपालिका ५ की २१ वर्षीया अनिता यादवलाई आगो लगाई हत्या गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले श्रीमान २६ वर्षीय विनोद यादवलाई आजिवन कारावासको फैसला गरेको हो ।
जिल्ला अदालतका न्यायाधिश मनोजकुमार श्रीवास्तवको इजलासले विहिवार यस्तो फैसला गरेको हो । अनितालाई ०७६ माघ १० गते चारित्रिक आरोपमा पति विनोदले आगो लगाई हत्या प्रयास गरेको गरेको थियो ।maunt school 333
आगो लगाएपछि विनोद आफैले उपचारका लागि विराटनगरस्थित म्याक्स अस्पताल लगेका थिए । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौँ रेफर गरेको थियो । काठमाडौँको किर्तिपुर मोडेल अस्पतालमा माघ १२ गते बिहान पुग्दा डाक्टरले अनिताको मत्यु भएको घोषणा गरेका थिए ।
मृतक अनिताका बुबा अशोक यादवले जिल्ला पहरी कार्यालय सिरहामा माघ १२ गते उजुरी विनोद सहितका व्यक्तिहरुमाथि किटानी जाहेरी दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय सिरहाले विनोदलाई माघ ११ गते मोरङ प्रहरीको सहयोगमा गिरफ्तार गरी जिल्ला अदालतको आदेशमा फागुन ८ गतेदेखि पुर्पक्षका लागि थुनामा राखिएको प्रहरीले जनाएको छ ।

indira jal 333