गमक पोष्ट समाचारदाता / सप्तरी, २७ साउन । सप्तरीको सुरुंगा नगरपालिका–७ पोखरियाकी ज्योति पासवानको मृत्यु प्रकरणमा उनका प्रेमी कृष्ण मिश्राविरुद्ध माइतीपक्षले आत्महत्या दुरुन्तसाहनमा उजुरी दर्ता गरिएको छ । झाविरुद्ध ज्योतिका बुवा प्रमोदले आत्महत्या दुरुत्साहन ज्यान सम्बन्धी शीर्षकमा जाहेरी दर्ता गराएका हुन् ।
प्रमोदले इलाका प्रहरी कार्यालय कडरबोनामा जाहेरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डीएसपी माधवप्रसाद काफ्ले जानकारी दिए ।
कृष्णले ललाइफकाइ आफ्नी छोरीलाई घरबाट लिएर गएको र महिनौंसँम सँगैराखेर यौन शोषण गरी छाडेपछि छोरीले आत्महत्या गरेको प्रमोदले दिएको जाहेरीमा उल्लेख छ ।
जाहेरीमा कृष्णलाई मुलुकी अपराध संहिता २०७४ को दफा १८५ को उप दफा २ नम्बर बमोजिम दण्ड सजाय गरी जाहेरबालालाई क्षतिपूर्ती समेत दिलाइदिन माग गरिएको छ ।
सुरुंगा ७ पोखरियाकै कृष्णले गत फागुन १० गते मेरो श्रीमती रहेको भन्दै ज्योतिलाई लिएर गएका थिए । ज्योतिसँग विवाह गरेपछि कृष्ण आफ्नो घर पस्न उनका अभिभावकले दिएका थिएनन् । ज्योतिसँग विवाह गरेकै कारण उनलाई पैत्रिक सम्पतिबाट वेदखल गरेको बताइएको छ । कृष्णका बुवाले कुनै किसिमको सम्पति नदिने भन्दै कागज समेत गराएको बताइएको छ ।
ज्योतिलाई कृष्णले पाँच महीनासम्म आफैसँग राखेका थिए । कृष्ण असारको पहिलो साता कोठा खोज्न जाँदैछु भन्दै लहानको पुष्पाञ्जली लजबाट हिडेपछि अझै फर्केका छैनन् । उनी एक सातासम्म नर्फकेपछि ज्योतिले आफ्नी आमालाई फोन गरेर भनेपछि परिवारले प्रहरीको रोहवरमा लजको भाडातिरेर माइत ल्याएको थियो ।
माइती घरमै ज्योतिले यही साउन २३ गते आफ्नै सलको पासोलगाएर आत्महत्या गरेकी थिइन् ।